Sorry, that menu does not exist.
 

नेकपा र राजमो निसीद्वारा गाउँपालिका अध्यक्ष र वडा अध्यक्षलाई ज्ञापन पत्र

डम्मर बुढा मगर, बागलुङ (बुर्तिबाङ), २०७५ जेठ ११ । नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा निसीखोलाले निसीखोला गाउँपालिका प्रमुख तारानाथ पौडेल तथा निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यबहादुर घर्ती मगरलाई बजेट विनियोजन गर्दा सबै भूगोल नसमेटी, समुदायलाई कुनै राजनितिक पूर्वाग्राह नराखी वितरण गरेको भन्दै ज्ञापन पत्र बुझाएका छन् ।

त्यस्तै ज्ञापन पत्रमा बजेट विनियोजन गर्दा मुखले भने र मात्र नभई काम देखिने गरी बजेट विनियोजन हुनुपर्ने, आगामी आर्थिक वर्षहरुमा सबै स्थानहरुमा समान तरिकाले बजेट विनियोज गर्नु पर्छ, विकस निर्माण कार्यको लागि समिति गठन गर्दा सबै पार्टीका जनतालाई समावेस गर्नु पर्छ भनि उल्ले गरिएको छ ।

त्यसैगरी निर्माण योजनाका लागि छुट्याईएको बजेटलाई चुस्त दुरुस्त राख्नु पर्ने, कुनै पनि कार्य संचालन गर्दा सर्वदलिय पदमा समिति जुटाई कार्य संचालन गर्नु पर्ने र निसीखोला गाउँपालिकाको वडा नम्बर ६ लाई नमुना वडा बनाउने पर्नेमा भन्दै ७ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

उता निसीखोला गाउँपालिका–६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीले भने बजेट विनियोजन गर्दा आफुहरुले सबै क्षेत्रहरुमा भूगोलको आधारमा वितरण गरेको र विभिन्न विकास निर्माणका कार्यहरु सम्पन्न गर्नका लागि सबै दलका जनताहरुलाई समेटे र समिति बनाएका बताए ।

त्यस्तै उनले आफुहरुलाई दोष लगाउने कुनै ठाउँ नपाएर यस्तो ज्ञापन पत्र आफुहरुलाई बुझाएको बताए । उनले आफुहरुले सुरुको चरणमा भएर पनि जनतालाई खुसी बनाउने कामको सुरुवात गरेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply