Sorry, that menu does not exist.
 

मुक्तक : सबैलाई मन पर्ने एउटा चित्र खोजिरहेछु।

सधैं म जित्नु तिमी हार्नु हार त उस्तै हो।
जिन्दगीमा पर्ने कठिन भार त उस्तै हो।
तिम्रो दु:ख नै मेरो दु:ख त हो नि सानु
पराइले रोपेको छुरा प्रहार त उस्तै हो।
*
सरकार बाट ओत्त्ने एउटा पाल आएछ।
जिन्दगी असफल बनाउने साल आएछ।
अब त केहि गरेर देखाउछु भनेको त फेरि
जाउ है सबु भन्दै मैलाइ लिन काल आएछ।
*
दु:ख सुख मा साथ दिने मित्र खोजिरहेछु।
रुपमा सुन्दर भए पनि चरीत्र खोजिरहेछु।
कालो गोरो अग्लो होचो वास्ता छैन मलाई
सबैलाई मन पर्ने एउटा चित्र खोजिरहेछु।

सविता खत्री
गल्कोट
२०७५ जेठ १२ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply