Sorry, that menu does not exist.
 

अखिल छैठौँको प्रथम जैमिनी भेला राङ्खानीको पाहीमा सम्पन्न

कमल राना, कुस्मीसेरा २०७५ जेठ १२ । अखिल छैठौँका केन्द्रिय सदस्य अर्जुन शर्माले समाजमा रहेका विकृति र विसंगति अन्त्य गर्नको लागि विद्यार्थीहरुलाई विद्यालय तहबाट नै सिकाइनु पर्ने बताएका छन् ।

शनिबार जैमिनी नगर पालिका वडा न. १० राङखानी पाहीमा भएको प्रथम नगर भेलामा बोल्दै शर्माले नेपाली समाजमा व्याप्त मात्रामा असमानता, अन्धविश्वास, भ्रष्टचार जस्ता विकृति र विसंगति रहेको भन्दै अन्त्यको लागि विद्यार्थी उमेरदेखिनै सिकाइनु पर्नेमा जोड दिए । शर्माले शिक्षामा आमुल परिवर्तनको लागि विज्ञान र प्रविधियुक्त सिकाई बनाईनु पर्ने बताए ।

कार्यक्रममा छैठौँ बागलुङका जिल्ला अध्यष शिवलाल चालिसे, अखिल नेपाल शिक्षक संघ जैमिनी नगर अध्यक्ष महेन्द्र शर्मा, युवक संघका नगर सचिव श्रीप्रसाद थापाले बोलेका थिए ।

भेलाले १२ पूर्ण र ७ बैकल्पिक गरि १९ सदस्यीय अखिल (छैठौँ) जैमिनी नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा प्रदिप थापा, सचिवमा दिपेन्द्र शर्मा, सह–सचिवमा सौगात मल्ल, कोषाध्यक्षमा अमृता राना रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply