Sorry, that menu does not exist.
 

खुँगा-धाईवाङ-लुकुरवन मोटरवाटो निर्माणमा प्रहरी हस्तक्षेप गरिएको रा ज मो को आरोप !

बुर्तिवाङ २०७५ जेठ १३ । ढोरपाटन नगरपालिकाको वडा नं. ४ खुँगा स्थित खुँगा-धाईवाङ-लुकुरवन मोटरवाटो निर्माणमा प्रहरी परिचलन गरि अवरोध सिर्जना गरिएको भन्दै राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले शनिवार एक विज्ञप्ति जारि गर्दै विकास निर्माणको पु¥याइएइको अवरोध प्रति भत्सर्ना गरेको छ ।

राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव धर्मबहादुर कुवँरव्दारा हस्ताक्षरित विज्ञप्तिमा, ढोरपाटन नगरपालिका र उपभोक्ता समितिबीच संझौता भई निर्माण कार्य अघि बढिरहेको मोटरबाटो निर्माण प्रक्रियामा केही स्थानीयले अनावश्यक बिबाद सिर्जना गरेको र उक्त कार्यमा नगर प्रमुखको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय बागलुङ तथा इलाका प्रहरी कार्यालय बुर्तिबाङव्दारा ५० जनाभन्दा बढी प्रहरी निर्माण स्थलमा पु¥याई विकास निर्माणमा अवरोध सिर्जना गरिएको भन्दै उक्त कार्य प्रति भ्रत्सना गरिएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०७४÷०७५मा विनियोजन भई कार्यान्वयन पक्षमा जाँदै गर्दा विकासे योजनामा अवरोध पु¥याउने उक्त कार्य आफैमा अधिनायकवादी शैली भएको भन्दै यस्ता विकास विरोधी रबैया प्रति भ्रत्सना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो कार्य विकास विरोधी तथा पक्षपातपूर्ण कार्य तत्काल रोक्न राष्ट्रिय जनमोर्चा बागलुङले सरोकारवाला सबैको ध्यानाकर्षण गरेको जनाएको छ । विकास निर्माणका सन्दर्भमा प्रशासनिक निकायका तर्फबाट गरिएको हस्तक्षेप तत्काल बन्द गरि निर्माण प्रक्रियामा सहयोग पु¥याउन समेत विज्ञप्ति मार्फत ध्यानाकर्षण गरिएको छ ।

रु ५० लाखको लागतमा योजना सम्पन्न गर्ने गरि खुँगा—धाईबाङ—लुकुरवन जोडने उक्त मोटरवाटो निर्माणका लागि नगरपालिका र उपभोक्ता समितिबीच संझौता भइसकेको र निर्माण कार्य थालिएको उपभोक्ता समितिका अध्यक्ष हेमलाल फगामीले बताए । ५ दिन अघिदेखि निर्माण सुरु गरिएको उक्त मोटरवाटोमा शनिबार विहान एका एक प्रहरी परिचालन गरि डोजर नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीबीच समेत भनाभनको अवस्था आएको अध्यक्ष फागामीले बताए । उक्त सडक निर्माणमा त्यहाँका केही स्थानीयले पुरानो बाटो भएर सडक निर्माण हुनुपर्ने माग राख्दै नगरपालिकामा उजुरीसमेत दिएका थिए । नगर प्रमुखको रोहवरमा उक्त विषयमा छलफल गरि दुवै स्थानबाट बाटो निर्माण गर्ने सहमति अनुसार दुईवटै सडकमा एकैपटक डोजर प्रयोग गरिएको वडा अध्यक्ष तिलक पुनको भनाई छ । पुरानो बाटोबाटै सडक लैजान पर्छ भन्ने स्थानीयले नयाँ ट्रयाक खन्न नहुने मत राख्दै आएका थिए । तथापी दुवै स्थानबाट सडक जाँदा हिउँद वर्खा यातायात सञ्चालन हुने भएकाले उक्त सडक निर्माण गर्नुपर्ने अवस्था आएको उपभोक्ता समितिका पदाधिकारीको भनाई छ ।

सडक निर्माण भइरहँदा एका एक प्रहरी पुगेर डोजर रोकेपछि शनिवार दिनभर उक्त स्थानमा तनाव सिर्जना भएको थियो । नगर प्रमुखले उक्त स्थानमा सडक निर्माण नगरी अन्यत्रबाट लैजाने भनी आफूहरुलाई पठाएको प्रहरीले बताएको वडा अध्यक्ष पुनको दावी छ । तर ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रनानि नारायण शर्माले दुबैपक्षबिच थप बिबाद हुन नदिन शनिवार बिहानै त्यस क्षेत्रमा पुगेर डोजर रोक्का गरीदिएको बताउदै दुबैपक्षबिच सहमती गर्नका निम्ती पटक पटक बुर्तिबाङमा बोलाईएपनी वडा अध्यक्ष आउन नमानेको बताए ।

यता नगरपालिकाले स्थानीयबीच विवाद सिर्जना भएपछि व्दन्व्द सिर्जना हुने भन्दै प्रहरी पुगेको हुनसक्ने एक जनप्रतिनिधिले जनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply