Sorry, that menu does not exist.
 

गल्कोट स्थित बिद्युत प्राधिकरणको नो लाईट कार्यालयमा तालाबन्दी, प्रहरीव्दारा एक सेवाग्राही पक्राउ !

गुमानसिँह भण्डारी, गल्कोट हटिया, २०७५ जेठ १३ । नेपाल विद्युत प्राधिकरण वितरण शाखा बागलुङबाट भएका लापर्बााहीको चर्को बिरोध भैरहेकै अवस्थामा आज बिहान ९ बजे प्राधिकरणको, बितरण तथा ग्राहक सेवा केन्द्र गल्कोट नोलाइट कार्यालयमा सेवाग्राहीहरुले तालाबन्दी गरेका छन ।

नो लाईट कार्यालय हटियाले आज बिहान ७ बजे बिद्युत महशुल बुझाउन सेवागाहीहरुलाई सूचना जारी गरेर बिहान ९ बजेसम्म पनि कर्मचारी नआएपछि टाढा टाढा देखी आएर कार्यालय बाहिर कुर्दाकुर्दा आजित बनेका ग्राहकहरुले तालाबन्दी गरेका हुन् ।

आक्रोशित सेवाग्रहीले बिहान ७ बजे बोलाएर ९बजे मात्र आएको भन्दै दुई कर्मचारी भित्र पसेपछी बाहिरबाट तालाबन्दी गरिएको सेवागग्राही बाबुराम केसीले बताए ।

यो समस्या गल्कोटका लागी पहिलो नभएको र जनप्रतिनिधिले पनि यसतर्फ चासो नदिएको केसीको भनाई छ । हामीले जिताएका जनप्रतिनिधि आफनो कामप्रति उतरदायी नहुदाँ गल्कोटे जनताले बर्षौ देखि यस्तो समस्या झेल्नु परेको केसीको भनाई छ । सेवाग्राहिले जनप्रतिनिधि आए पनि जनताले यस्ता समस्या झेल्न कम नभएको बताएका छन । स्थानीयका अनुसार नोलाईट कार्यालयबाट प्रवाह गरिने सेवाबाट उपभोक्ताहरु पहिले देखिनै असन्तुष्ट रहँदै आएको बताएका छन् ।

यसैबीच ईलाका प्रहरी कार्यालय गल्कोटले तालाबन्दी गरेको आरोपमा केसीलाई नियन्त्रणमा लिएको श्रोतले बतायो । यस घटनाका सम्वन्धमा गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले समस्या समाधान बारे छलफल गरिरहेको श्रोत भन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply