नवागत प्रजिअ खरेलव्दारा कारागार निरीक्षण : समस्या समाधानको सक्दो प्रयास गर्ने प्रतिवद्धता !
बागलुङ २०७५ जेठ १३ । नवागत प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बागलुङ कारागारको निरीक्षण पछी बोल्दै कारागार र यहाँ रहेका कैदी बन्दीहरुको समस्याहरुको समाधानका लागि बिभागमा समन्वय गरी सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
आज बिहान कारागार निरीक्षणमा पुगेका प्रजिअ खरेलले कारगारमा रहेका कैदी बन्दीहरुसंग कुरा गर्दै उनिहरुका समस्याबारे जानकारी लिएका थिए । सो अवसरमा उनिहरुले कारागारमा खानेपानीको चरम अभाव रहेको र क्षमता भन्दा झण्डै तेब्बर बढी कैदी बन्दी रहेकाले सुत्न बस्न पनि निकै समस्या भाग्नु परेको प्रजिअ खरेललाई अवगत गराएका थिए ।
प्रजिअ खरेलले खानेपानीको धारा र ट्याँकरबाट बैकल्पिक व्यवस्था गरी आपुर्ति गर्ने आश्वासन दिएका थिए ।
सो निरीक्षणकाक्रममा जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख प्रहरी उपरीक्षक दिपक रेग्मी पनि उपस्थिति रहेको थियो ।
कारागार शाखाका निमित्त प्रमुख दिपक शर्माले २५ जनाको क्षमता भएको कारागारमा अहिले ९३ जना कैदी बन्दीहरु रहेको जानकारी दिए । उनका अनुसार अहिले ७१ जना कैदी र २२ जना बन्दीहरु रहेका छन् जस्मा पुरुषको संख्या ८१ र महिलाको संख्या १२ जना रहेको छ ।
निमित्त प्रमुख शर्माले कारागारमा पानीको चरम संकट रहेको बताउदै खडेरीका कारण धारामा पानी आउन कम भएको र ट्यांकरबाट समेत ल्याएर आपुर्ति गरिदै आएपनि कैदी बन्दीहरुलाई यथेष्ट पानी नपुगेको ईबागलुङलाई बताए ।
उनले कारागारमा स्थानाभावले गर्दा पटांगिनी र जहाँ खाली ठाउँ हुन्छ त्यहिँ बिस्तरा हाली कैदी बन्दीहरुको .व्यवस्थापन गरिदै आएको पनि बताए । कारागार भित्र तीन महिना पहिले एक शिशुले जन्मलिएको शर्माले जानकारी दिए ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।