सुरेश छन्त्याल, पाण्डबखानी २०७५ जेठ १३ । बागलुङको गल्कोट नगरपालिका १० पाण्डबखानीमा आआफ्नो गाउँटोल सरसफाइ कार्यक्रमलार्इ तिव्रता दिर्इएको छ । हामी सबैको एउटै रहर पुर्ण सरसफाइ युक्त गाउँ शहर भन्ने मुल नाराका साथ सुरु भएको तालिम पाण्डबखानीमा समापन भए लगत्तै तालिममा सिकेको सिप व्यवशमरमा प्रयोग गर्दै आजबाट आआफ्नो टोल सरसफाइ अभियानमा लागेका छन्। पश्चिम नेपाल ग्रामीण खाने पानी तथा सरसफाइ अभियान बागलुङ र गल्कोट नगरपालिका कार्यालयको आयोजना भएको थियो।
त्यस्तै पाण्डबखानी सिसाखानी हुँदै खर्वाङ जोड्ने मोटरबाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गल्कोट नगरपालिकाबाट छुट्टयाइएको २० लाख बजेटबाट बाटो निर्माण सम्पन्न हुन लागेको निर्माण समितिका सचिव रुद्र काउचाले जानकारी दिए । पाण्डबखानीका समाजसेवी मानसिह छन्त्यालले या मोटरबाटो निर्माणमा २ लाख सहयोग गरेको बताईएको छ । त्यस्तै सहयोगिहरु आउने क्रम पनि जारि रहेको सचिव काउचाले बताए। बाटो निर्माण भए पछी पाण्डबखानी, सिसाखानी, रिघा र खर्वाङ बासीहरुलाइ जहाज रुपमा यात्रा गर्न सजिलो हुनेछ।