कोपिला कंडेल, बागलुङ २०७५ जेठ १३ । नव आगन्तुक प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले जिल्लाको बिकास सुशासन र सम्मृद्धिको लागि आफुले सक्दो प्रयत्न गर्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी खरेलले जिल्लाका क्रियाशील पत्रकार संगको परिचयात्मक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले शान्ति सुरक्षा र बिकास निर्माणका कार्यमा आफुले सरोकारवाला संग सहकार्य गरेर अगाडी बढ्ने धारणा ब्यक्त गरे । पछिल्लो समय राज्यको पुनर्संरचनाले गर्दा आम नागरिकमा फेरबदल आएको भन्दै नवागन्तुक प्रमुख जिल्ला अधिकारी खरेलले आफु मातहतका अन्य निकायलाई जिम्मेवार र जफाफदेही बनाउने दाबी समेत गरे ।
जिल्ला मालपोत, नापी कारागार र जिल्ला प्रशासन लगायतका कार्यालयमा सेवाग्राहीलाई हुने गरेको ढिला सुस्ती प्रति आफु जिम्मेवार बन्ने भन्दै प्रमुख जिल्ला अधिकारी खरेलले सम्मृद्धि सुशासन र अनुसाशनको लागि पूर्ण प्रतिबद्ध रहने प्रष्ट पारे ।
सडक, नाली, बाटोघाटो क्रसर उद्योगको ब्यवस्थापन लगायतका जिम्मा सरकारले स्थानिय निकायलाई सुम्पेको चर्चा गर्दै प्रमुख जिल्ला अधिकारी खरेलले आफुले सहयोगी भुमिका निर्वाह गर्ने बताए । बिकास निर्माणका काममा हाम्रो हस्तक्षेप हुदैन, जिल्लाबाट प्रवाह हुने गतिबिधीलाई प्रभावकारी बनाउनका लागि संन्चारमाध्यम संग सहकार्य गरेर अगाडी बढ्ने उनको भनाई थियो ।
सो अवसरमा प्रहरी उपरिक्षक दिपक रेग्मीले शान्ति सुरक्षा, ट्राफिक ब्यवस्थापन र आपराधिक गतिबिधी नियन्त्रणका सरोकारवालासंग सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए । कार्यक्रमको संचालन जिल्ला प्रशासन कार्यालयका बिष्णु प्रसाद ढकालले गरेका थिए ।
तस्वीर सौजन्य- अर्जुन ढकाल,बागलुङ ।