टिकाराम भट्टराई ,बुर्तिबाङ २०७५ जेठ १३ । निसीखोला गाउँपालिका वडा न ४ ओख्रेनीमा रहेको जनचेतना प्राथमिक विद्यालयमा आज १ दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
भुमे गाउँपालिकाको कार्यलय रुकुम (पुर्व) प्रदेश न ५ को मुख्य आयोजना तथा ग्लोवल हेल्थ एलायन्स नेपाल महाराजगञ्ज काठमाडौको व्यवस्थापनमा र संस्थाका प्रंशासक म्यानेजर विनोद अर्यालको नेतृत्वमा उक्त शिविरको आयोजना गरिएको थियो ।
निसीखोला गाउँपालिका वडा न ४ ओख्रेनीका स्थानियलाई लक्षित गरि आयोजना गरिएको उक्त शिविरमा ३५ महिला र १५ जना पुरुष गरि जम्मा ५० जना सर्वसाधरणले सेवा लिएका थिए । शिविरमा स्त्री प्रशुति, छाति रोग, पाठेघर सम्बन्धि समस्याहरु,नाक कान घाटी सम्बन्धि समस्याहरुको उपचार गरिएको थियो ।
जनचेतना प्राथमिक बिद्यालयका पूर्व प्रध्यानाध्यापक स्वर्गीय गजाधर अर्यालका पुत्र विनोद अर्यालले आफ्नो बाबुको सम्झना र योगदानका साथै आफु हुर्के खेलेको गाउँ ठाउँका स्थानियलाई स्वास्थ्य सेवा प्रदान गरेको र आउदाँ दिनहरुमा पनि यस्तै किसीमका शिविर सञ्चालन गर्दै जाने समेत बताए । शिविरमा जनचेतना प्राथमिक विद्यालयका प्रध्यानाध्यापक लक्ष्मण सापकोटा, वडा न ४का सदस्य मनप्रसाद आर्चाय लगायत अभिभावक,स्थानिय नागरिकहरुको सहभागिता रहेको स्थानिय युवा घनश्याम कंडेलले बताए ।