बागलुङ, २०७५ जेठ १३ । आफ्नो तीन बर्षिय रणनीतिक योजना तयार गदै साझेदारी बहुउद्देशीय सहकारी संस्थाको तीन दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । बागलुङ बजारको महेन्द्रेपथमा रहेको सहकारीले सदस्यहरुमा आर्थिक सवलताको विकास गरी समृद्ध समाज निर्माणको परिकल्पना सहितको योजना तयार गरेको हो ।
योजना अनुसार सहकारीले सदस्य र समुदाय केन्द्रित विभिन्न गतिविधि संचालन गर्ने छ । सहकारीले सदस्यता विस्तार, सदस्यमा आर्थिक समृद्धि तथा विबिध बहुउद्देश्यीय परियोजना संचालन गरि समग्र समुदायलाई आर्थिक समृद्धिको दिशातर्फ लौजाने संस्थाका अध्यक्ष हरिप्रसाद गौतमले बताए । ‘साझेदारीको प्रमुख योजना समाजमा रहेका सबै बर्गलाई सहाकारीमा आबद्ध गराउने र सदस्यहरुलाई आर्थिक रुपमा समृद्ध बनाउने हो ’ अध्यक्ष गौतमले भने ‘त्यसका लागी स्पस्ट योजना अनुसार अगाडी बढेका छौ ।’
‘युवा, महिला, बाल–बालिका, विद्यार्थी, बृद्ध–बृद्धा, उद्योमी, ब्यापारी लागएतका लागी छुट्टा छु्ट्टौ बचत योजना सुरु गर्दै छौ’ गौतमले भने ।
तिन बर्षको अवधिमा कम्तीमा एक हजार ५ सय सदस्य बृद्धि गर्ने सहकारीको लक्ष छ । सहकारीले सदस्यको आर्थिक क्षमता तथा चाहना अनुसारका अल्पकालीन तथा दीर्घकालीन बचत तथा ऋणका योजना अगाडी वढाउने छ । सहाकारीले सदस्यको सवल र सुरक्षित भविष्यका लागी शिक्षा स्वास्थ संग सम्वन्धीत परियोजना समेत संचालन गर्ने बताएको छ ।
साविकको बागलुङ नगरपालिका क्षेत्र कार्यक्षेत्र रहेको सहकारीले समाजको ठुलो हिस्सा समेट्न कार्यक्षेत्र विस्तार गर्ने उपाध्यक्ष तेजप्रसाद शर्माले बताए । सहकारीले पहिलो चरणमा समग्र बागलुङ नगरपालीकाका १४ वडालाई आफ्नो कार्यक्षेत्रमा समेटेको छ । ‘साझेदारीलाई एक नमुना सहकारीको रुपमा विकास गर्न हामी लागी परेका छौ’ शर्माले भने ।
सहकारीले तिन बर्षमा आफ्नो बासलत (ब्यालेन्स सिट) १५ करोड पु¥याउने लक्ष लिएको छ । सदस्यहरुलाई शिक्षा, तालिम तथा आयआर्जन केन्द्रत कामका लागी अर्थिक सहायता प्रदान गर्ने उपाध्यक्ष शर्माले बताए । समुदायको ठुलो हिस्सा सहकारीमा समेट्ने र सबै सदस्यलाई आर्थिक रुपमा सवल बनाउने उनले बताए । ‘सहकारी आफैले पनि बहुउदेश्यीय परियोजना संचालनको तयारी गरेको छ ।’ शर्माले भने, ‘सामाजिक सेवा, अवसर र रोजगारी सृजना गर्नेखालको परियोजना संचालन गर्ने छौ ।’