Sorry, that menu does not exist.
 

ढोरपाटन-४ को सडक बिबाद मिलाउन जिम्मा राजनैतिक दललाई

छबिलाल पाण्डे बुर्तिवाङ २०७५ जेठ १३ , ढोरपाटन नगरपालिका वडा नं ४ खुंगामा सडक ट्रयाक खन्ने क्रममा भएको बिबाद समाधान हुन नसकेपछि ढोरपाटन नगरपालिकाले यहांस्थित राजनैतिक दललाई बिबाद मिलाउने जिम्मा दिएको छ ।

नगरपालिकाबाट आर्थिक बर्ष २०७४÷७५ को बिनीयोजित ५० लाख बजेट बिनीयोजन भई खुंगाको धाईवाङ, लुकुरवन हुंदै पाण्डबखानी जोड्ने सडकमा लुकुरवन र माथिल्लो गांउका बासिन्दाबिच आ आफना गांउबाट सडक लैजाने बिषयमा तछाड मछाड भएपछि गत माघ महिनादेखि वडा नं ४ का अध्यक्ष तिलक पुन तथा ढोरपाटन नगरपालिकाले समेत पटक पटक उतm बिबाद समाधान गर्ने प्रयास गरेपनी सहमती जुट्न नसकेको बताईएको छ ।

पटक पटक सहमतीगर्ने प्रयास गरिएपनी सहमती अनुसार काम अगाडि बद्न नसकेपछि आईतबार दुबै गांउका बासिन्दा, ढोरपाटन नगरप्रमुख देबकुमार नेपाली, उपप्रमुख कर्मती पुन, वडा अधयक्षहरु, यहांस्थित नेकपाका नेता, नेपाली कांग्रेस ,राष्ट्रिय जनमोचार्का नेता कार्यक्रता, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख नारायण शर्मा, प्रशासन प्रमुख जनक थापा लगाएतको सहभागितामा भएको ब्यापक छलफलबाट समेत कुनै निचोड निस्कन नसकेपछि अन्तत राजनैतिक दललाई उतm बिबाद समाधान गर्ने जिम्मा लगाईएको हो ।

जसमा नेकपाका प्रतिनीधि, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सम्बिन्धित क्षेबम भोलि सोमबारनै पुगेर भौगोलिक अध्ययन गरी दुबै पक्षलाई मिलाएर निचोड निकाल्ने लिखित सहमती समेत गरिएको प्रहरी प्रमुख नारायण शर्माले ईबागलुङलाई बताए । त्यस क्षेत्रमा राजनैतिक प्रतिशोधका कारण सडक निर्माणमा बिबाद बदिरहेको स्थानीयको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply