डम्मर बुढा मगर बुर्तिबाङ, २०७५ जेठ १४ । २०७३ साउन ११ गते चामिदुवार र छालहाल्नाबाट भूजीखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिक–६ दोगाडी तथा त्यस आसपासका करिब २४ घर बाढीले छेद बिच्छेद गराएको थियो ।
घर बाढीले बगाए पछि त्यहाँका सयौँ जना बास स्थान बिहिन भएका थिए । ती घरबारी गुमाएका बाढी पीडितहरुले अझैसम्म पनि राहत पाउन सकेका छैनन् । बाढीले कतिको घर बगाएको थियो त कतिको गरी खाने खेतबारी नै ध्वस्त बनाएको थियो । यसौँको संख्यामा पशु चौपाया समेत बगाइएका थियो ।
पीडितहरुको घाउमा अझैसम्म कसैले पनि मलहम पट्टी लगाउन नसकेको ढोरपाटन नगरपालिका–६ का स्थानीय तेजेन्द्र पुनले गुनासो गरे । उनले भने “बाढीले घरबारी बगाएको २ वर्ष पुरा भै सक्दासम्म पनि हामीलाई कसैले पनि राहतको व्यवस्था गर्न सकेन ।”
“बाढीले हाम्रो बास गास लुटे पछि २÷२ वटा चुनाव सम्पन्न भए, चुनाव आउने समयमा भोट माग्दै घर–घर आई भूकम्प पीडितले सरह राहत दिलाई दिन्छौँ भनि आश्वासन बाढ्ने नेताहरुको राहत त के अनुहार समेत देख्न पाएका छैनाँै” पुनले भने ।
वर्षातको समयमा घरबारी बाढीले बगाए पछि आफुहरुले अरुको आश्रय लिएर बसेको धेरै कष्ट भोग्नु परेको स्थानीय रुपमाया मगरले बताईन् । आफुहरुको त्यो बिचल्लीत अवस्था देखेर जिल्ला विकास समिति बागलुङले १५ हजार साविक अधिकारीचौर गाविसले ५ हजार र अन्य व्यक्तिहरुले १÷२ हजार सहयोग गेरेको मगरले बताईन् ।
बाढीले घर बागाई दिए पछि कतिले त ऋण धन गरेर घर बनाएका छन् भने कतिपयले सानो झुपुरो समेत बनाए र बस्न सकेका छनैनन् । के साच्चै यी बाढी पीडिले राहत नपाउने नै हुन् ? सम्बन्धित निकायको ध्यानाकर्षण कहिले होला ?