Sorry, that menu does not exist.
 

आज बुर्तिवाङमा यसरी मनाईदै छ, निसीभुजी जनता क्याम्पसको रजत जयन्ति !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ फागुन ११ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङको आज फागुन ११ गते रतज जयन्ति विशेष कार्यक्रममा नवनिर्मित भवनको उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

क्याम्पस स्थापनाको २५ औँ बर्षगाँठका अवसरमा क्याम्पसको स्थापना, भवननिर्माण लगायतको कार्यमा सहयोग गर्ने जग्गादाता तथा चन्दादातालाई सम्मान गरिने छ भने रु १ करोड ८१ लाखको लागतमा निर्माण गरिएको क्याम्पसको नयाँ भवनको उद्घाटन गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष धीरप्रताप सिंहले जानकारी दिए । २०७१ साल मंसिर देखि निर्माण सुरु गरिएको १२ कोठे भवनको निर्माण कार्य पुरा गरेर उद्घाटन गर्न लागिएको हो ।

भवन निर्माणको लागि अर्जुन मल्ल र श्रीमती भगवती मल्ल, सभाखर खनाल र श्रीमती बेली खनाल, तुल्सीराम अर्याल र श्रीमती कमाला आर्याल, हर्क गुरुङ र श्रीमती मनकुमारी गुरुङ तथा दाजुभाई कृष्ण पुन र नरेश पुनले बुवाआमाको स्मृतिमा एक कोठा निर्माणको लागत बराबरको १४÷१४ लाख रुपैयाँ सहयोग गरेका छन् । मनकुमारी खरेलले आधा कोठा निर्माण बराबरको ७ लाख रुपैयाँ सहयोग प्रदान गरेकी हुन् । उनिहरुको नाममा कक्षा कोठाको नामाकरण गरिएको छ ।

अध्यक्ष सिंहका अनुसार कार्यक्रमका लागि कोहि पनि प्रमुख अतिथि, विशिष्ट अतिथि रहने छैनन् । उपस्थित सवैको प्रमुख आतिथ्यतामा भवन उद्घाटन र चन्दादाता सम्मान कार्यक्रम हुने छ । सहभागी सवैले एक÷एक ओटा दीप प्रज्ज्वलन गरेर सवै जनाकै प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरि सञ्चालन गरिने उपाध्यक्ष तुल्सीराम अर्यालले जानकारी दिए ।

क्याम्पसको लागि विकासका लागि विभिन्न ढंगले स्थानिय रुपमा तथा देश विदेशबाट सहयोग गर्ने सहयोगदाता र जग्गा उपलब्ध गराउने जग्गादाता गरि ३ सय जना भन्दा बढि सहयोगदातालाई सम्मान गरिने छ । क्याम्पसको स्थापना देखि सञ्चालन, भवन निर्माण, विद्यार्थीलाई छात्रवृत्ति लगायत क्याम्पसलाई दिगो रुपमा अघि बढाउन सहयोग गर्ने सबैलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

क्याम्पसमा अध्ययनरत ६ जना जेहेन्दार विद्यार्थीलाई जनहि नगर रु २० हजारका दरले छात्रवृत्ति पनि प्रदान गरिने क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए । कार्यक्रम अहिले केहि समय पछी विहान ११ बजे शुरु हुनेछ ।

कार्यक्रम सुरु हुनु अघि सहभागी सम्पुर्ण बुर्तिबाङको बसपार्कमा भेला भएर बाजागाजा सहितको ¥यालीले बुर्तिबाङ बजारको परिक्रमा गर्ने छ । ¥याली क्याम्पस परिसरमा रहेको कार्यक्रम स्थलमा पुगेपछि रजत माहोत्सव विशेष कार्यक्रम सुरु हुनेछ ।

कार्यक्रममा अध्यक्षता गर्ने अध्यक्ष लगायत सम्पुर्ण अतिथि दर्शक दिर्घामै बस्ने र कार्यक्रम सञ्चालक मात्र अगाडी रहने छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा स्नातक तहमा विभिन्न संकाय सञ्चालन गरिएको छ ।

यसैविच भोली क्याम्पस सञ्चालक समितिको अधिवेशन तथा क्याम्पस सभा गरिँदै छ । सभाले नयाँ क्याम्पस सञ्चालक समिति गठन गर्ने अध्यक्ष सिंहले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply