प्रकाश छन्त्याल, बागलुङ, २०७५ जेठ १४ । बरेङ गाँउपालिका अन्तरगतका ५ औटै वडाका किसानहरुलाई आज सोमबार एक समारोहका विच कृषी कार्यालय बरेङ गाँउपालिका बरेङबाट मिनी टेलर हालो वितरण गरिएको छ । बरेङ गाँउपालिकाको आर्थिक बर्ष ७४/७५ को गाँउ परिषदबाट कृषी तर्फ विनियोजन गरिएको रकम मध्य बाट ५० प्रतिशत र कृषकले ५० प्रतिशत गरी नगद ५० हजार पर्ने १० वटा मिनिटेलर वितरण गरिएको हो ।
यस क्षेत्रका किसानहरुको समस्यालाई मध्यनजर गर्दै कृषी कार्यालय बरेङ गाँउपालिकाले वडा न। १ धुल्लुबास्कोटका कृषक जित बहादुर थापा र नर बहादुर थापा वडा न। २ हुग्दिशिरका धनिश्वर पौडेल र टिका बहादुर थापा वडा न। ३ बाटाकाचौरका मदन कार्की र हिरा बहादुर थापा, वडा न।४ सल्यानको बसन्तपुर कृषक समुहका खड्क बहादुर पुन र नगदे बाली तथा फलफुल कृषक समुहका हेमनाथ शर्मा त्यस्तै वडा न।५ सुखौराको प्रगति कृषक समुहका टिकाराम शर्मा र प्रेम बहादुर पुनलाई कार्यक्रमका प्रमुख अथिति नरसिङ पुन र अध्यक्ष गुप्तप्रसाद थापाकालाले मिनिटेलर हालो हस्तान्तरण गरेका हुन्।
खास गरि परम्परागत खेति प्रणलीबाट गुजिरिएको हाम्रो कृषी प्रणालीको अत्न्य गरी आधुनिक कृषी प्रणलीको विकास नगर्दा सम्म किसानहरुको जीवन स्तरमा परिर्वतन गर्न नसकिने भएकाले बरेङ गाँउपालिकाले कृषी क्षेत्रमा प्राप्त बजेट विनियोजन गरेको भन्दै मिनिटेलर आइसके पछि पक्कै पनि खेति प्रणालीमा परिर्वत आउनु पर्ने प्रमुख अथिति पुनले बताए ।
कार्यक्रममा बोल्दै अथिति मदन कार्कीले अव किसानहरुले खेती पाती गर्दा औँशी पुर्ण बार्न नपर्ने र खेत बारी जोतनका लागि गोरु पाल्नु पर्ने बाध्यताको अन्त्य भएको बताए । त्यस्तै बरेङ गाउपालिका वडा नम्बर २ का अध्यक्ष गुप्त प्रसाद थापा कालाले किसानहरुले निनिटेलर लगेर सहि सदुपायो गर्न अनुरोध गरृका थिए।
कार्यक्रमा चित्र गुप्त मिनी टेलर्स सप्लायार्सका प्रविधिक राजेन्द्र यादवले मिनि टेलर प्रयोग कसरी गर्ने भन्ने बारेमा समेत जानकारी दिएका थिए ।
कार्याक्रमको अध्यक्षता बरेङ गाँउपालिका वडा न २ अध्यक्ष गुप्त प्रसाद काला थापाले गरेको कार्यक्रमको संचालन कृषी प्रविधिक तथा कृषी शाखा प्रमुख चन्द्र कान्त भुजले गरेका थिए ।