दिनेश शर्मा, बागलुङ २९७५ जेठ १४ । जिल्लाको पश्चिम् भेगमा ट्राफिक प्रहरीले ट्राफिक सचेतना तथा चेकजाँचलाई तिब्रता दिएको छ। आजमात्रै भिमगिठे मा बि का ६२९ जना बिद्यार्थी र शिक्षकलाई ट्राफिक सचेतना प्रदान गरिएको छ ।
मध्यपहाडी लोकमार्गको रिजाल चोक बुर्तिबाङ सडकखण्ड पिच भएसङ्गै अनियन्त्रित गति, मा प से गरि सवारीसाधन चलाउने, अनुभव कम र लाइसेन्स नभएका चालकले सवारी चलाउदा यस क्षेत्रमा दुर्घटना बढेको आफ्नो ठम्याइ रहेको ट्राफिक हवल्दार वसन्त पौडेलले ईबागलुङलाइ बताए।
सानो सानो कमजोरीले ठूलो दुर्घटना हुने भन्दै कार्यक्रममा ट्राफिक हवल्दार पौडेलले ट्राफिक नियमको पूर्ण पालना गर्न बिद्यार्थी शिक्षक सबैमा अनुरोध गरे।
आफू यस बागलुङ पश्चिम क्षेत्रमा आएसङ्गै ट्राफिक सचेतना र चेकजाँचलाई तिब्र पार्दै लाइसेन्स नभएका चालकलाई कानुन अनुसार कारबाही र जोखिमको अवगत गरार्इ लाइसेन्स बनाउन अभिप्रेरित गरेको पनि बताए ।अहिले बागलुङ जिल्ला बाटै अनलाईन फर्म खुलेको र मोटरसाइकलको जिल्ला मै ट्रायल दिने ब्यवस्था रहेको कुरा जानकारी गराउन सहयोग गर्न समेत मिडियालाई उनकाृ अनुरोध थियो।
यस क्षेत्रमा आफुले दैनिक रु २० हजार सम्म जरिवाना असुल गरेको स्मरण गर्दै चालक सङ्गै आम नागरिकमा सचेतना फैलाउन नसके दुर्घटनामा कमी नआउने पनि बस्नेतले बताए ।
आफुले उत्तरगंगा माबि, रिभरहेड लगायतका केही बिद्यालय र बजार क्षेत्रमा सचेतना कार्यक्रम गरिसकेको र अन्य आवश्यक ठाउँहरुमा सन्चालन गर्ने योजनामा रहेको बताए ।
स्मरण रहोस बडीगाड गाउपालिकाका अधिकांश बिद्यालय र बजार क्षेत्रमा यस अगाडि पनि जिल्ला ट्राफिक कार्यलय र बडीगाड युवा मन्चको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो।