खगेन्द्र विश्वकर्मा, २०७३ फागुन ११ । नेपाल उच्च माध्यमिक विद्यालय ताराले आफ्नो ४८ औ बार्षिकोत्सव आउदौ फागुन १५ र १६ गते विविध कार्यक्रम गरी मनाउने भएको छ ।
विद्यालयको आन्तरीक तथा पदमचन्द्र स्मिृती अक्षयकोषबाट प्राथामिक विद्यालयको स्रोत केन्द्र स्तरीय हाजीरी जवाफ प्रतियोता यही फागुन १५ गते देखी १७ गते सम्म विभिन्न कार्यक्रम सचानल गरि मनाउने विद्यालयका शिक्षक विवेक परियारले जानकारी दिनु भयो । विद्यालयको बार्षिक उत्सवको अवसर पारेर विद्यार्थिको सिर्जनात्मक क्षमताको विकास तथा व्यक्तित्व विकास गर्ने विद्यार्थी र शिक्षकको सम्बन्न अजै मैत्रिपुर्ण बनाउने लक्षका साथ विभिन्न अतिरिक्त त्रिmयाकलापहरुको आयोजना गरेको हो । विभिन्न अतिरिक्त त्रियाकलाप अन्तरगत माध्यमिक विद्यालयका सबै विद्यार्थिहरुलाई सहभागी गराउने गरी कार्यक्रमको आयोजना गरिएको छ । कक्षा १ को विद्यार्थीहरुलाई सहभागी गराउने गरि बेलुफाईट , कक्षा २ लाई सहभागी गराउने गरि चम्चादौड, कक्षा ३ लाई सहभागी गराउने गरि चक्लेट टिपाई, कक्षा ४ र ५ लाई सहभागी गराउने गरी कुर्चीदौड र बोरा दौड,प्रतियोतिता संचालन गर्ने भएको छ ।
त्यसै माध्यामिक विद्यालयको २ सय मिटर र ४ सय मिटरको दौड,४ सय मिटर दौड कक्षा ६ र ८ सम्मकोलागी त्यसैगरि विभिन्न चरणको दौड प्रतियोगिता कक्षा १ देखी १० सम्मको अन्तर सदनात्मक महिला पुरुष भलिबल प्रतियोगिता र कक्षा १देखी १० सम्मको र कक्षा ११ र १२ को विद्यार्थीहरुको पुरुष भलिवल प्रतियोगिता संचालन गर्ने भएको छ ।
प्राथामिक विद्यालयको स्रोत केन्द्र स्तरिय हाजीरी जवाफ प्रतियोताको पुरस्कार तथा कार्यक्रमको आयोजना स्वगिय पदम कुमारी खत्री र चन्द्र बहादुर खत्रीको स्मिृतीमा उनको छोरा तथा नेपाल माध्यामिक विद्यालयका शिक्षक जित बहादुर खत्री तथा नाती दिवस खत्रीको परिवारले १ लाख रकम अक्षयकोष स्थापना गराएको हो । सोही रकमको व्याजबाट संचालनहुने कोषका संस्थापक जितबहादुर खत्रीले बताए ।