Sorry, that menu does not exist.
 

पन्चकोटमा धार्मिक तथा पर्यटकीय धाम निर्माण हुनु राष्ट्रकै लागि गौरव- मुख्य सचिव सुवेदी

हरिप्रसाद शर्मा बागलुङ, २०७३ फागुन ११ । बागलुङ नगरपालिका–८ सर्वसिद्धिधाम पञ्चकोटमा सोमवारदेखी सुरु भएको पञ्चकोट बिराट ज्ञान महायज्ञको नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले मंगलबार उद्घाटन गरेका छन् ।

उद्घाटन पश्चात बोल्दै मुख्य सचिव डा सुवेदीले प्राकृतिक रुपमा सुन्दर ठाउँ पन्चकोटमा धार्मिक तथा पर्यटकीय धाम निर्माण गर्नु राष्ट्रकै लागि गौरवको विषय भएको बताए। उनले यहाँका विषयगत कार्यालबाट र केन्द्रीय सरकारको तर्फबाट योजना पूरा गर्न सघाउने बताउदै उनले जिल्लामा सञ्चालन हुने योजना तथा कार्यक्रममा पञ्चकोटलाई प्राथमिकतामा राख्न निर्देशन समेत दिए ।

निर्माणाधीन भौतिक संरचना पूरा गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउदै मुख्य सचिव सुवेदीले भने‘यहाँका सरकारी कार्यालयको तर्फतबाट त सहयोग भैरहेको रहेछ, जिल्लाको योजनामा प्राथमिकता पारेर पठाउनुस् केन्द्रबाट आवश्यक सहयोग गर्न मैले पहल गर्नेछु ।’

उनले तीन वर्षको छोटो अवधीमै उल्लेख्य काम भएको बताउँदै मुख्य सचिव सुवेदीले पञ्चकोटले बागलुङलाई धार्मिक पर्यटनका केन्द्र बनाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय गौरवको आयोजना मध्येपहाडी लोकमार्गको सबैभन्दा धेरै भाग बागलुङमा पर्ने चर्चा गर्दै सुवेदीले लोकमार्ग भन्दा पहिले पञ्चकोटको योजना सम्पन्न हुने गरी काम भएकोमा खुशी व्यक्त गरे ।

सो अवसरमा वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले पञ्चकोट ठूलो योजना भएकाले सबैको साझा प्रयासबाट मात्र सम्पन्न गर्न सकिने बताए ।

कार्यक्रममा पञ्चकोटका संकल्पकर्ता स्वामी कमलनयनाचार्यले धार्मिक र पर्यटन क्षेत्रको हिसाबले महत्वूर्ण हुने पुण्य भूमिका लागि आवश्यक बजेट विनियोजन गरेर सहयोग गर्न नेपाल सरकारका मुख्य सचिव सुवेदीलाई आग्रह गरेका थिए ।

‘यो भूमि पावन मुक्तिक्षेत्र भूमि हो, गंगा भन्दा पनि पवित्र कालिगण्डकी भूमि हो,’ स्वामी कमलनयनाचार्यले भने,‘यो पुण्य भूमिलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गरी धार्मिक पर्यटनको केन्द्र बनाउन सरकारको तर्फबाट पनि सहयोग होस् ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply