Sorry, that menu does not exist.
 

सम्वन्ध विच्छेद गरेको एक महिनामै पुरानै श्रीमानसंग नाता कायम गरीपाउँ भन्दै फिराद

प्रेम सुनार, गुल्मी, २०७५ जेठ १६ । श्रीमानको ज्यादती सहन नसकेको भन्दै जिल्ला अदालत गुल्मीबाट सम्वन्ध विच्छेद गरेकी एक महिलाले एक महिना नपुग्दै उनै महिलाले श्रीमान संग पुनः नाता कायम गरी पाउँ भनि फिराद जाहेरी दिएको जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद वस्यालले जानकाकारी दिए । ‘उनका वालवालिकामा नकरात्मक असर नपरोस भनि उनिहरु श्रीमान श्रीमतीको नाम गोप्य राखिएको छ ,– श्रेस्तेदार बस्यालले भने–‘ प्रवेशिका परिक्षा दिएका एक छोरा सहित उनी दुई सन्तानकी आमा हुन ।’

हामीले र उनका श्रीमान सहितका परिवारले सम्वन्ध विच्देद नगर भनेर निकै सम्झाईयो तर पनि उनले उति वेला मानिनन्, अहिले एक महिना नपुग्दै पुनः उसै श्रीमान संग नाता कायम गरी पाउँ भनि फिराद दिएकी छन्’– बस्यालले भने ।

बैशाख ७ गते उनिहरु विच मेलमिलापमा सम्वन्ध विच्छेद भएको थियो भने जेठ ११ गतेका दिन फेरी उनै महिलाले नाता कायम गरी पाउँ भनि फिराद दिएको त्यस अदालत प्रशासन तथा रजिष्टे«शन शाखा प्रमुख ना.सु. सीता घिमिरेले जानकारी दिईन ।

घर परिवारको सहमति विना केहि वर्ष देखि अर्को जिल्लामा वसेर एक व्यापार–ब्यबसाय समुहमा वसेको बताउँने उनले त्यहाँबाट फर्के पछि आफु श्रीमान संग सम्वन्ध विच्छेद गरी स्वतन्त्र रुपमा उक्त ब्यवसाय चलाउने भन्दै एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर मुद्दा दायर गरेकी थिईन । उनि अन्दाजी ३५ वर्षिया पढालेखा महिला हुन् ।

श्रेस्तेदार बस्याल भन्छन् अंश नलिई सम्वन्ध विच्छेद गरिदैन भनेर हामीले अर्को मुद्दा लेख्न लगायौं , उनका श्रीमानले सम्वन्ध विच्छेद नगर , हिड घर जाउँ भनेर धेरै पटक कर गरे । छोराहरु रोएर आमा त्यसो नगर्नुस भनेर हात जोडे । फोनमा हामीले उनकी आमालाई समेत सम्झाउन लगाऔं । तर कसैको केहि सिप लागेन अन्ततः विना पैसा सम्वन्ध विच्छेद गरेकी हुन् ।

सम्वन्ध विच्छेद नगर्न सम्झाउनेहरु मध्येकी एक अधिकारकर्मीले भनिन्–‘ महिलालाई अधिकार अलि बढि नै भएको हो कि भन्ने महसूस पनि गरेका छौं । आफु खुशी अन्यत्रै गएर आत्मानिर्भर पनि हुन पाउनु पर्छ भन्ने र फेरी उता तालमेल निमले पछि उहि श्रीमान संग नाता कायम गरी पाउँ भन्नु महिलालाई प्राप्त अधिकार आफु खुशी प्रयोग गर्न खोज्नु हो ।’

सम्वन्ध विच्छेद गरेको केहि दिन पछि वकिल र अदालतले आफुलाई झुक्काएर आफुलाई सम्वन्ध विच्छेद गराएको आरोप लगाउँदै आफु विक्षिप्त भएर न्याय खोज्न आएको यहाँका अधिकारकर्मी महिलाहरु संग भनेकी थिईन ।

अधिकारकर्मीहरुले सञ्चारकर्मीहरुलाई समेत बेलाएर उनि संग साक्षत्कार गराएका थिए । त्यस वखत उनि प्रत्येक शव्दमा आँशुका ढिंका खसाल्दै गला अवरुद्ध पारेकी थिईन । श्रीमानले आफु संग पशुतुल्य यौनहिंसा गर्ने गरेकोले आफु विक्षिप्त भएको समेत बताएकी थिईन । पछि अधिकारकर्मी सहित अदालतमा बुझ्न जाँदा अदालतले उनका लागि निकै प्रयास गर्दा पनि उनले बरु आफु जोगी भएर हिड्छु, एक पैसा नलिई सम्वन्ध विच्छेद गर्छु भनेर ढिपी नछाडेको पाईयो ।

श्रोतका अनुसार उनि बढि महत्वकांक्षी बनेर कसैको लहडमा लागेर आवेशमा आई सम्वन्ध विच्छेद गरेको तर जव सम्वन्ध विच्छेद भयो तव उनि न यता न उताको अवस्थामा पुगेपछि फिराद दायर गरेकी पाईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply