Sorry, that menu does not exist.
 

बागलुङ : सबभन्दा कम बजेट पाउने नगरपालिकामा ढोरपाटन, गाउपालिकामा तमान !

बागलुङ २०७५ जेठ १६ । अर्थमन्त्री युवराज खतिवडाले आब २०७५। २०७६ को लागि संसदमा रु १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट पेश गरेका छन् । प्रस्तुत बजेटमा बागलुङ जिल्लाका ४ नगरपालिका तथा ६ गाउपालिकालाई रु २ अर्ब ५६ करोड ६१ लाख रकम विनियोजन गरिएको छ ।

बागलुङ जिल्लाका ४ नगरपालिकाहरु मध्य जिल्लाको सुदूर पश्चिममा रहेको ढोरपाटन नगरपालिकालाई अन्य तीन नगरपालिकाहरु भन्दा सबभन्दा कम रु २० करोड ४९ लाख छुट्टाईएको छ भने जिल्लाका ६ गाउँपालिकाहरु मध्य ढोरपाटन नगरपालिकासंगै जोडिएको तमानखोला गाउपालिकाले सवभन्दा कम रु ११ करोड ८५ लाख रकम प्राप्त गरेको छ ।

नगरपालिकाहरु मध्य सबभन्दा बढी बागलुङ नगरपालिका रु ४९ करोड ४२ लाख, जैमिनी नगरपालिका रु ३७ करोड २९ लाख र गल्कोट नगरपालिका रु ३२ करोड ६१ लाख रकम विनियोजन गरिएको छ ।

यसैगरी गाउपालिकाहरु मध्य सबभन्दा बढी बडीगाड गाउपालिकाको लागी रु २८ करोड २५ लाख विनियोजन भएको छ भने त्यसपछी काठेखोला गाउपालिकालाई रु २८ करोड ६ लाख रकम छुट्टाईएको छ ।

त्यसैगरी निसीखोला, बरेङ र ताराखोला गाउपालिकाहरुका लागि क्रमश रु १८ करोड २ लाख, रु १६ करोड ३३ लाख र १४ करोड २९ लाख रकम विनियोजन गरिएको छ ।

जिल्लाबासीहरुले ढोरपाटन नगरपालिकाको लागि विनियोजित बजेट निकै न्यून भएको टिप्पणी गरेका छन्। थुप्रै भौतिक पूर्वाधारहरुको अभाव रहेको यस नगरपालिकामा विनियोजित बजेट हात्तीको मुखमा जीरा सरह भएको भनेर ढोरपाटन नगरबासीले चित्त दुखाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply