प्रकाश छन्त्याल, बरेङ २०७५ जेठ १६ । बरेङ गाँउपालिका हुग्दिशिर स्वास्थ्य चौकीमा बुधबार जिल्ला जनस्वाथ्य कार्यालय बागलुङ र बरेङ गाँउपालिकाको समन्वयमा क्षयरोग सम्बन्धी एक दिने खकार तथा घाटी परिक्षण शिविर सम्पन्न भएको छ ।
यस क्षेत्रका आम जानताको समस्यालाई मध्यनजर गर्दै बरेङ गाँउपालिकाको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको समन्वयमा शिविर आयोजना गरिएको हो ।
शिविरमा निशुल्क स्वास्थ्य चेक जाँच गरी औषधी वितरण गरिनुका साथै खकारको ल्याब परिक्षण गरिएको थियो ।
शिविरमा बरेङ गाँउपालिका वडा न १ धुल्लुबास्कोट र वडा न। २ हुग्दिशिरका गरी २ सय ५७ जना विरामीहरुले आफनो स्वास्थ्य परिक्षण गराएका छन भने जसमा १ सय ६८ जनाको खकार परिक्षण गरिएको र २ सय बिरामीलाई २० हजार बराबरको निशुल्क औषधी बितरण गरिएको बरेङ गाँउपालिका स्वास्थ्य संयोजक पदम बहादुर पुनले बताए ।
कार्यक्रममा प्रमुख अथिति देव प्रकाश घिमिरेले क्षयरोग पहिले जस्तो मानिसको ज्यानै लिने रोगको रुपमा अहिले नरहेको क्षयरोगका रोगी विरामीहरुले अनुशासित भई नियमित औषधी सेवन गर्नु पर्ने कुरामा जोड दिईएको थियो।
बुधबारको स्वास्थ शिबिरमा जिल्ला जनस्वाथ्य कार्यलय बागलुङ र बरेङ गाँउपालिकाको संयुक्तमा रु १ लाख भन्दा बढिको निशुल्क सेवा प्रदान गरेको घिमिरेले बताए ।
शिविरमा प्रमुख अथितीको रुपमा जिल्ला जनस्वास्थ्य बागलुङका क्षयरोग तथा कुष्ठरोग कार्यक्रमक अधिकृत देवप्रकास घिमिरे, अथितिहरु ल्याव टेक्नीसियन अनन्त न्यौपाने, ल्याव असिस्टेन सरस्वती खनाल र सामुदायीक रेडियो विहानीका स्टेशन कोर्डिनेटर प्रकाश छन्त्यालको उपस्थिती रहेको थियो ।
कार्यक्रम बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, निमित्त हेल्थ पोष्ट ईन्चार्ज तिल बहादुर रानाको स्वागत, बरेङ गाँउपालिकाका स्वाथ्य संयोजक पदम पुनको संचालन सम्पन्न भएको थियो ।