प्रकाश छन्त्याल, बरेङ २०७५ जेठ १६ । बागलुङको बरेङ गाँउपालिका वडा न। २ हुग्दीशिर सिग्धारामा बरेङ गाँउपालिका र घरेलु तथा साना उधोग विकास समिती बागलुङको संयुक्त आयोजनमा ५ दिने आरन सुधार तथा सिप विकास तालिम आज बुधबार सम्पन्न भएको छ ।
बरेङ गाँउपालिका भित्र परमपरागत तरिकाले बालिघरे प्रथाको रुपमा चल्दै आइरहेको आरनलाई व्यवस्थित र आधुनीक तरिकाले संचालन गरी बालि घरे प्रथाको अन्त्य गर्दै व्यवसायिक, रुपमा आरन संचालन गरि आत्मा निभर र स्वरोजगारको सृजना गर्नुका साथै कालिगढको सिप बिकाश गरि आरनलाई आधुनिकीकरण गर्ने उद्देशयका साथ तालिमको आयोजना गरिएको गाँउपालिकाका अध्यक्ष कृष्ण प्रशाद पौडेलले बताए ।
५ दिन सम्म संचालन भएको तालिममा बरेङ गाँउपालिका अन्तगतका परम्परागत रुपमा आरन संचालन गर्दै आइरहेका ९ जनाको सहभागिता रहेको तालिममा यम बहादुर विश्वकर्माले तामाका आधुनिक भाडा बर्तन बनाउने तरिकाको सहजिकरण गरेका थिए ।
बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको बरेङ गाँउपालिका वडा नं २ का वडा अध्यक्ष गुप्त प्रसाद कालाको अध्यक्षता,बिस्न बहादरु बिकको स्वागत,सहजकर्ता यम बहादुर विश्वकर्माको मन्त्ब्य, बागलुङ घरेलु तथा साना उधोग विकास अधिकृत यम कुमारी श्रीसको संचालनमा सम्पन्न भएको थियो ।