Sorry, that menu does not exist.
 

अवैज्ञानिक मापदण्डले १ सय ५० जनाको हुने भयो उठ्ठिबास, सच्याउन नगरपालिकाको ध्यानाकर्षण !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ जेठ १७ । गल्कोट नगरपालिकाले निर्माण गरेको सडक मापदण्ड अबैज्ञानिक भएको भन्दै स्थानियले बिज्ञप्ती मार्फत गल्कोट नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

गल्कोट नगरपालिका बडा न ६ शिबालयघाट देखी मुजबा हुँदै बडा नम्बर ५ को बसाहघाट सम्मको मोटरबाटोको मापदण्ड गल्कोट नगरपालिकाले अब्यबहारिक अबैज्ञानिक तथा गैरकानुनी ढङ्गबाट तयार गरेको भन्दै प्रेश बिज्ञप्ती जारि गरेका हुन् ।

प्रभाबित घरधनी तथा जग्गादाताको तर्फबाट दिल बहादुर खत्रीव्दारा हस्ताक्षरीत बिज्ञप्तीमा भनिएको छ, मापदण्ड तयार गर्दा स्थानिय जनतासंग कुनै पनि परामर्श नगरि पुर्वाग्रही रुपबाट कायम गरिएकोमा प्रभाबित पक्षबाट पटक पटक त्यस योजनाले पार्ने अल्पकालीन तथा दीर्घकालीन असरको बारेमा उल्लेख गरि सम्बन्धीत निकायमा लिखित तथा मौखिक रुपमा जानकारि गराँई मापदण्डका सम्बन्धमा पुनर्विचार गर्न आग्रह गर्दपनि कुनै सुनुबाई नगरि करिब १ सय ५० घरधनी तथा जग्गाधनीहरुलाई बिस्थापन गराउने योजना तय गरिएको र सर्बसाधारण जनताले नुबझुन भन्ने मनसायले अग्रेजी भाषामा ठेक्का पट्टा प्रक्रिया अगाडि बढाइएकोमा उत्त प्रक्रियालाई तत्काल रोक्न गल्कोट नगरपालिकाको ध्यानार्कण गदैं बिज्ञप्ती जारि गरिएको उल्लेख गरिएको छ ।

बिज्ञप्ती

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply