सचिन्द्र श्रेष्ठ
साहसीको एक मात्र चाहना, सफलताको प्रतिक … जस्ता खालका उत्तेजित बिज्ञापनले आम मानिसलाई यो खाए पछि साहस आउछ भनेर खाने गर्दछन् । साथी संगत, चिन्ता, फ्रस्टेशन ,फैशन आदिका कारण यो धुम्रपान अझ बढ़ी युवा माझ फस्टाएको छ । बिश्वमा धुम्रपान ठुलो समस्या एबं चुनौती भई रहदा पनि यसको सेवन गर्नेको संख्या दिन प्रति दिन बढ्दै गई राखेको छ । बिशेषत एक छिनको आनंद मिल्ने, आफूलाई अहम हुन आवश्यक ठान्ने हुदा युवा बर्गमा झन यसले ठुलो प्रभाव पारेको देखन सकिन्छ । धुम्रपान एक किसिमको दुर्ब्यसन या कुलत हो जसले बिभिन्न खालका रोगहरु निम्त्याउने गर्छ । चुरोट बिँड़ी, ककड़, हुक्का, सुर्ती जन्य पदार्थ बिभिन्न नाम दिएपनि यसको मुख्य काम धुम्रपान एबं धुँवा नै निकाल्नु हो ।
विश्व तम्बाकू निषेध दिवसु अथवा अंतर्राष्ट्रीय धुम्रपान बिरुद्धको दिवस प्रत्येक वर्ष ३१ मई को दिन मनाउने गरिन्छ। तम्बाकु, धुम्रपानबाट हुने नोकसान, असरको अवस्था देखेर हरेक साल १९८७ मा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को सदस्य देशहरुले एक प्रस्ताव पारित गर्यो, जस द्वारा ७ अप्रैल, १९८७ को दिन यस दिवस मनाऊने फ़ैसला भयो तर यसपछि हरेक ३१ मई को धूम्रपान निषेध दिवस मनाऊन थालियो। विश्व स्वास्थ्य संगठनको सदस्य देशहरुले ३१ मई का दिन निर्धारित गर्यो कि धूम्रपानको सेवनले असर, हानि र खतराका बारेमा विश्व जनमानासमा अवगत गराउँदै यसको उत्पादन, खरीद, बिज्ञापन एवं सेवनको कम कसरी गर्न सकिन्छ त्यों दिशामा आधारभूत कार्यवाही ,जवाफदेही गर्न यस्ता खालका दिवसहरु बर्षेनि गर्दै जनचेतना जगाऊन थालियो ।
सुर्तीजन्य पदार्थमा करीब ४ हजारभन्दा बढी प्रकारका रासायनिक तत्वहरु पाइने गर्दछ जस मध्य २ सय देखि ४ सयसम्म साह्रै हानीकारक रसायनहरु हुन्छन्। सुर्तीजन्य पदार्थमा करीब ६० थरीका प्राणघातक क्यान्सर गराउने तत्वहरु हुन्छन्। जसलाई क्यान्सरको कारक तत्व पनि मानिन्छ। खासगरी सुर्तीमा खोटो र कार्बन मनोअक्र्साईड जस्ता प्राणघातक रसायनहरु पाईन्छन् भने निकोटिन जस्तो धुम्रपानको लत लगाउने तत्व पनि पाईने गर्दछ । करीब ८७५ फोक्सोको क्यान्सरको एकमात्र कारण धूम्रपान हुने गरेको छ।
सुर्तीजन्य पदार्थको संदर्भ यसको असरबारे ९डब्लुएचओ०ले भनेको छ स्९ सुर्तीजन्य पदार्थको सेवनले मानव शरीरमा २५ किसिमका विभिन्न रोगहरु लाग्न सक्दछन् , विश्वमा धूम्रपानको कारणले प्रत्येक ७ सेकेण्डमा १ जनाको मृत्यु हुन्छ,विश्वमा सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक वर्ष ६० लाख मानिसहरुको मृत्यु हुन्छ जसमध्ये ६ लाखको अरुले सेवन गरेको असरले मृत्यु हुने गरेको छ। यो क्रम बढेर आगामी १५ वर्षमा ८० लाख मानिसहरुको मृत्यु हुने र यसमध्ये अधिकांशको मृत्यु नेपाल जस्तो विकासशील देशहरुमा हुनेछ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार सन् २०३० सम्मा प्रतिवर्ष १ करोडको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारणले हुनेछ जसमा ६० लाख विकासोन्मुख राष्ट्रहरु मात्र हुनेछन्। नेपालमा पनि प्रतिवर्ष १५ हजार व्यक्तिहरुको सुर्तीजन्य पदार्थको सेवनको कारणले मृत्यु भई रहेको छ।९डब्लुएचओ ०का अनुसार नेपालमा ४९५ पुरुष र २९५ महिलाहरु धूम्रपान गर्दछन्। संसारमा १ अरबभन्दा धेरै मानिसरु सूर्तिजन्य पदार्थको सेवन गर्दछन्।
धूम्रपानले संसारका बालबालिकामध्ये आधाले सुर्तीको धुँवाको असरले प्रदूषित हावामा सास फेर्दछन्।विश्वमा हरेक १० जना वयस्कमा १ जनाको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुन्छ। बीसौं सताब्दीमा १० करोड मानिसको सुर्तीजन्य पदार्थको कारणले मृत्यु भएको थियो र हालको जस्तै अवस्था रहेमा २१ औं शताब्दीमा १ अरब मानिसको मृत्यु हुनेछ।सन् २०३० देखि हरेक वर्ष ८० लाख भन्दा धेरै मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको कारणले हुनेछ। यस मध्येका ८०५ मानिस नेपाल जस्तो विकासशील देशका हुनेछन्।
धूम्रपानले मुख र घाँटीको क्यान्सर,फोक्सोको क्यान्सर स्तनको क्यान्सर,छालाचाउरी पर्ने,श्रवणशक्ति कमजोर हुने, दाँत बिग्रने, दम बढ्ने, खोकी लाग्ने ,मुटु, कलेजो सम्बन्धी रोगहरु लाग्ने रक्तचाप बढाउने, पेट र आन्द्रामा अल्सर हुने जस्तो खालको रोगहरू लाग्ने गर्दछ ।
धुम्रपान हानिकारक छ यो थाहा पाउन या याद रहनका लागी अनेक सन्देश , बिज्ञापन सधै हाम्रो सामु आउने जाने गर्दछ । चुरोटको पैकमा मोटो मोटो अक्षरमा चेतावनी लेखेको हुन्छ, टीभी र फिल्ममा डराऊने चित्र ,सन्देश आउने गर्दछ, टीभीको हरेक प्रोग्रामको स्क्रीनमा कहीं चुरोट खाएको सिन आयो भने तुरंत तल सन्देस आउछ कि धूम्रपान र तंबाकूले क्यांनसर हुन्छ “Smoking/ tobacco kills.” या “Smoking is injurious to health. It causes cancer”, आदी । यसका साथ साथै सार्वजनिक स्थलमा धुम्रपान निषेध छ होटलमा, हवाई जहाजमा, ऑफिस, अस्पताल अनेक ठाऊमा धुम्रपान गर्न मनाही छ र धुम्रपान गर्यो भने जरीवाना दिने गर्दछ । ठाऊ ठाउँमा निषेधको नोटिस राखेर याद दिलाए पनि धूम्रपान गर्न छाडेको देखिन्न ,धूम्रपान गरने लाई त नोकसान छ नै सेकेण्ड हैंड स्मोक को कारण आसपासलाई पनि समेत नोकसान हुन्छ ।
धूम्रपान छाडनका लागी अनेक उपाय अपनाए पनि सहज छोडन गाह्रों हुने हुन्छ। समय को पालन गरने वा सूचि तैयार पर्ने,चुरोट खाने बेला ल्वांग,सुकमेल जस्तो चपाउनु,ब्यायाम गर्ने अली अली गरी कम खाने ,भर सक ब्यस्त रहने गर्दै गर्दा पनि बिस्तारै कम गर्न सकिन्छ ।ठुला ठुला होडिंग बोर्ड, ब्यापक प्रचार प्रसार,स्वास्थ्य शिक्षा, ऱ्याली जस्तो क्रियाकलाप गरेर जन चेतना जगाएर धूम्रपानलाई नियंत्रण गर्न सकिन्छ ।एक दिनको नारा, गोष्ठी, सेमिनार गरेर मात्र धुम्रपान लाई निर्मूल पार्न सकिदैन तसर्थ हामी यो नभूलौ की आज हामीले चुरोट सल्काएर खरानी बनाएका छौ भोलि त्यही चुरोटले हामीलाई खरानी बनाउने छ, चेतना भया ।
२०७५ जेठ १८ ।