बागलुङ २०७५ जेठ १९ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा रामरेखाले संघीय प्रहरी ईकाई धौलागिरीका प्रहरी बरिष्ठ उपरीक्षक रविन्द सिँह धानुकलाई एक स्वागत एवं परिचयात्मक कार्यक्रमको आयोजना गरी शुक्रबार स्वागत गरेको छ ।
स्वागत पछी बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवं प्रहरी बरिष्ठ उपरीक्षक धानुकले सेवा केन्द्रले गरेका क्रियाकलापबाट आफू निकै उत्साहित भएको बताउदै हरेक चेतनामुलक कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रबउ धानुकले आफुलाई सेवा केन्द्रले गरेको स्वागत र सम्मानका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
सेवा केन्द्रका अध्यक्ष दुर्गाबहादुर आचार्यको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा केन्द्रका बरिष्ठ उपाध्यक्ष सभ्भु आचार्यले स्वागत तथा सस्थाको गतिविधी प्रस्तुत गरेका थिए ।
सो अवसरमा केन्द्रका संस्थापक अध्यक्ष केबि रानामगर, महिला तथा बाल अधिकार सेवा केन्द्रका अध्यक्ष पार्वती आचार्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उपसभापति राजेन्द्र आचार्य,नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, दलित संजाल बागलुङका अध्यक्ष टक बहादुर बोहरा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
अन्तमा धन्यवाद ज्ञापन गर्दै केन्द्रका अध्यक्ष दुर्गा बहादुर आचार्यले केन्द्रको स्थापना देखि हालसम्मका क्रियाकलापका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन केन्द्रका महासचिव लक्ष्मी बोहराले गरेकी थिईन् ।
सो अबसरमा बानपा-१ का स्वर्गीय देवी के सीको परिवारको सहयोगका लागि अस्ट्रेलियामा रहेका रामरेखाबासीले पठाएको रकम र स्थानीयबाट संकलन गरेको रकम टक कुमारी आचार्य र नेपाल रेडक्रस सोसाइटी रामरेखाका सभापति तेजेन्द्र आचार्य मार्फत प्रमुख अतिथि धानुकले स्व. देवी के सी का परिवारलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रमको ब्यबस्थापन केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुबाट भएको थियो ।
तस्वीर- सौजन्य सम्भु आचार्य, रामरेखा ।