Sorry, that menu does not exist.
 

गल्कोट बहुमुखी क्याम्पसको सबै पक्ष पारदर्शी हुन जरुरी : जग्गा व्यवस्थापनको लागि समिति गठन !

घनश्याम गौतम, गल्कोट २०७५ जेठ २० । गल्कोट हटियामा शनिवार सम्पन्न गल्कोट बहुमुखी क्याम्पसको शैक्षिक स्तरबृद्धि सम्बन्धी अन्तरक्रियामा बोल्ने बक्ताहरुले गल्कोट बहुमुखी क्याम्पस यसक्षेत्रको अनिर्वार्य आवश्यता रहेको भन्दै यसको विकास, सम्बृद्धि एवं स्थायित्वको लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा सहभागीहरुले क्याम्पसको सबै पक्ष पारदर्शी हुनुपर्ने भन्दै क्याम्पस सञ्चालन गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले क्याम्पस सञ्चालनको लागी कानुनीआधार तयार गर्न आग्रह गर्दै क्याम्पसले आफ्नै नाममा प्रशस्त जग्गा ब्यबस्थापन गर्नुपर्ने बताए । उनले उच्च शिक्षा नगरपालिकाको मातहतमा नभएतापनि नगरपालिकाले क्याम्पसको ब्यबस्थापनको लागी पहल गर्ने बताए । कार्यक्रममा पुर्ब राजपरिषद सदस्य कुलराज शर्माले क्याम्पसको समग्र पक्षको बृद्धि बिकासको लागी गल्कोटबासी सबै एकजुट हुनुको बिकल्प नभएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रतिनिधी बुल बहादुर केसीले गलकोटमा क्याम्पस सञ्चालन गर्न राजनैतिक तहबाट पहल गर्ने बताउदै क्याम्पसको आर्थिक पक्ष पारदर्शी हुनुपर्नेमा जोड दिए । नेपाली कांग्रेशकी महाधिबेशन प्रतिनिधी मञ्जु शर्मा चालिसेले क्याम्पसले बार्षिक रुपमा आय ब्यय सर्बाजनिक गर्दै जनतामा रहेको भ्रम चिर्नुपर्ने बताउदै क्याम्पसका सबै पक्षसंग सहकार्य गदै मैले होईन हामीले भन्ने भाबनाको बिकास गर्नुपर्नेमा जोड दिईन् ।
राष्ट्रिय जनमोर्चाका गल्कोट नगर सयोजक टंक केसीले क्याम्पसको लागि आवश्यक जग्गा ब्यबस्थापन गर्न आफुले सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा त्रिभुबन बिश्बबिद्यालयका प्रध्यापक डा मणिभद्र गौतमले क्याम्पसले जग्गा ब्यबस्थापन गरि कानुनी आधार तय गरेमा त्रिबिले गर्ने सम्पुर्ण सहयोगको लागी जोड दिने स्पष्ट पारे ।

कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतमले अबधारणा पत्र प्रस्तुत गरेका थिए भने पूर्व क्याम्पस प्रमुख देबेन्द्र खत्रीले आफ्नो कार्यकालमा भएका प्रगतिको बारेमा जानकारी, तथा अन्तक्र्रियामा उठेका जिज्ञासाको जबाफ दिएका थिए ।

सहायक प्रशासक नबराज गौतमलआर्थिक प्रतिबेदन े प्रस्तुत गदै करिब रु २५ लाख प्राध्यापकको सेबा सुबिधा तथा ब्यबस्थापकीय खर्च भुक्तानी गर्न बाकी रहेका जानकारी दिए ।

कार्यक्रममा क्याम्पसको जग्गा ब्यबस्थापन र शै्रक्षिक गुणस्तर सुधार गर्नकोलागी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष मुकुन्द सिंह भण्डारीको अध्यक्षतामा ११ सदस्यीय बिशेष समितिको गठन गरिएको छ ।

समितिको सदस्यमा बुल बहादुर केसी, टंक केसी, देबेन्द्र खत्री, कृष्ण प्रसाद गौतम, लाल बहादुर भण्डारी, हिरा भण्डारी, प्रनाथ श्रेष्ठ, मञ्जु शर्मा चालिसे, आमन्त्रित सदस्यमा नगरप्रमुख भरत शर्मा गैरे तथा गल्कोट नगरपालिका बडा नम्बर ३ का बडा अध्यक्ष वीरजंग भण्डारी रहेका छन् ।

कार्यक्रम क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष मुकुन्दसिंह भण्डारीको अध्यक्षता, सहायक क्याम्पस प्रमुख झलक पाण्डेकोे स्बागत तथा प्रध्यापक राम बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

योपनि पढौं

गल्कोट बहुमुखी क्याम्पसको शैक्षिक, आर्थिक, भौतिक आदि विषयलाई लिएर मन्थन सुरु !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply