शव्द/चित्र : डम्मर बुढा मगर
बुर्तिबाङ, २०७५ जेठ २० । ढोरपाटन नगरपालिका–१ घम्सिन टोल तथा त्यस आसपासका स्थानहरुमा खानेपानीको चरम अभाव रहेको छ । वषौँदेखि खानेपानीको अभावमा जेलिँदै आएका घम्सिनसीलाई अझै पनि खानेपानीको समस्याले सताई रहेको छ ।
यस स्थानमा वर्षको समयमा प्रसस्त मात्रामा धारोमा पानी झरे पनि हिउँदयाम सुरु भएदेखि धारोमा आउन बन्द हुन्छ । कहिकतै धारोमा पानी झरेको ठाउँहरुमा पनि घण्टौ लाईनमा बसेर पानी थाप्ने बृद्धबृद्धा गृणी तथा बालबालिकाहरुको घुइँचो लाग्ने गर्छ ।
यहाँका धारोहरुमा वर्षको करिब ८ महिना मात्रै पानी आउने र बाँकी महिनाहरुमा पानी आउने धारोमा घण्टौ लाईनमा बसेर पानी थाप्नु पर्ने बाध्यता रहेको ढोरपानट नगरपालिका–१ की पृतीमा विकले बताईन् ।
“हरके वर्षको फागुन महिनादेखि धारोमा पानी आउँदैन, खानेपानी भर्नका लागि घण्टौ लाईनमा बस्नु पर्छ, हाम्रो यो समस्यालाई कसैले पनि समाधान गर्न सकेन” उनले भनिन् ।
बिहान सााझ २÷३ घण्टा धारोमा पानी झर्दा पानी झर्नेहरुको लर्को लागेको हुन्छ । कतिपयको त पानी भर्ने पालो समेत नआउँदा एक आपसमा झगडा समेत हुने गरेको स्थानीयहरु बताउँ छन् ।
प्रत्येक वर्ष यस क्षेत्रको जनसंख्या तीब्र गतिमा वृद्धि भै रहेको छ । यहाँको जनसंख्या बृद्धिलाई ध्यानमा नराखी खानेपानीको राम्रो व्यवस्थापन गर्न नसक्दा यहाँका बासीन्दाले सास्ती खेप्नु परेको हो ।
त्यस्तै धारोमा पानी नआउँदा पानी थाप्न घण्टौ समय कुर्दा आफ्ना छोराछोरीलाई स्कुल पठाउन सधै ढिला हुने गरेको डेरा लिएर बस्दै आएकी माया सिर्पालीलले बताईन् ।
उनलले भनिन् “धारोमा पानी आउँदैन कपडा धुन खोलामा पुग्नु पर्छ, शौचालयमा पानी नहुँदा सरसफाई राम्रोसँग हुँदैन, सरसफइ नहँदा विभिन्न रोगले आक्रमण गर्छकी भन्ने डर छ ।”
बिहान उठेदेखि साँझ नसुतुन्जेसम्म बढी प्रयोग हुने पानी कै हाहाकार हँदा यस समस्याका निम्ती सम्बन्धित निकायबाट पहल नहुनु लज्जासपद कुरा होईन भन्न सकिन्न ।
त्यस्तै बुर्तिबाङबासीले पनि समय–समयमा खानेपानीको समस्या भोग्दै आएका छन् । बजारमा पनि बिहान र बेलुकी मात्रै धारोमा पानी खस्दा कपडा धुन तथा शारीरिक सरसफाईका लागि खोला नै धाउनु पर्ने अवस्था छ ।