Sorry, that menu does not exist.
 

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले देशभरका स्थानिय तहमा ज्ञापन पत्र बुझायो !

सुमन सुनार, बुर्तिवाङ २०७५ जेठ २० । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय अनुसार आज देशभरका स्थानिय तहमा ज्ञापन पत्र बुझाईएको छ ।

शिक्षकको पेशागत हक हित र शैक्षिक सुधारका लागि राष्ट्रिय समितिबाट पारित विभिन्न २६ बुँदे माग सहितको ज्ञापनपत्र देशभरका सबै स्थानिय निकायहरुमा बुझाईएको हो । बिगतमा सरकार र शिक्षक महासंघ बिच भएका संझौता कार्यन्वयन गराउन र शैक्षिक क्षेत्रमा रहेको अन्य समस्याहरु समाधानका लागि स्थानिय स्तरबाट नै सरकारलाई दवाव तथा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाईएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले जनाएको छ ।

यसैविच बागलुङ जिल्लाका १० वटै स्थानिय तहमा पनि जिल्लाका नेपाल शिक्षक महासंघमा आवद्ध रहेका शिक्षक संगठनहरुका सदस्यहको सहभागीतामा ज्ञापनपत्र बुझाईएको छ । यसैक्रममा ढोरपाटन नगरपालिकामा पनि संगठनका सदस्यहरुले ज्ञापनपत्र बुझाएका छन् । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति बागलुङका सदस्यहरु हिरा पौडेल, दुर्गा बहादुर भण्डारी, अखिल नेपाल शिक्षक संगठन ढोरपाटन नगर संयोजक टिका बहादुर पुन लगायतको टोलीले ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुनलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा पटकपटक तोकेर पनि स्थगित भएको अस्थायी शिक्षकहरुको परीक्षा हुनुपर्ने, स्थानीय तहले आफू खुशी गरेको कार्यविधी, नियमावली तथा ऐनको कार्यान्वयन रोक्नुपर्ने, शिक्षकको तलब भत्ताको निर्धारण, त्यसको दायित्व र जिम्मेवारी स्थानीय सरकारलाई हुनुपर्ने, शिक्षक काउन्सिलको व्यवस्था गर्नुपर्ने, दशवर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकको सामूहिक पदोन्नतिको व्यवस्था गर्नुपर्ने मागहरु राखिएको छ । त्यसैगरी शिक्षकहरुले राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तरण गरी उक्त दरबन्दीमा कार्यरत शिक्षकहरुको स्थायीको प्रक्रिया अघि बढाउनुपर्ने, शिक्षक तथा विद्यालय कर्मचारीको समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने, संवैधानिक शिक्षा आयोग गठन गर्नुपर्ने र महिला शिक्षकको प्रसुती विदा ६ महिना दिनुपर्ने मागहरु राखेका छन् ।

ज्ञापनपत्र बुझ्दै ढोरपाटन नगरपालिकाकी उप–प्रमुख पुनले शिक्षकले उठाएको माग जायज भएको बताउँदै परिवर्तित सन्दर्भमा स्थानीय तहले शैक्षिक समस्याको समाधानको पहल गर्ने बताईन् ।

उता निसीखोला गाँउपालिकामा पनि ४ वटै शिक्षक संगठनका शिक्षकहरुले गाउँपालिका प्रमुख तारानाथ पौडेललाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्र नेपाल शिक्षक संघ निसीखोला गाँउपालिका अध्यक्ष मान बहादु केसी भक्त, नेपाल राष्ट्रिय शिक्षक संघका रिमप्रसाद पौडेल, एकिकृत अखिल नेपाल शिक्षक संघका अध्यक्ष हुतराज भुसाल, अखिल नेपाल शिक्षक संघका नवराज आचार्य र नेपाल शिक्षक संघ प्रदेश प्रतिनिधी थानबहादुर नेपालीले बुझाएका थिए ।

यसैगरी सहकर्मी दिनेश शर्माले दिएको समाचार अनुसार बडीगाड गाउपालिकामा आज नेपाल शिक्षक महासङ्घले बिरोध तथा मागपत्र बुझाएको छ।
देशैभरका सबै स्थानीय निकाय मा आज एकसाथ उक्त बिरोध तथा मागपत्र बुझाउने कार्यक्रम रहेकाले बडिगाड गाउपालिकामा पनि शिक्षा शाखा सम्योजक तथा बडीगाड ३ का अध्यक्ष खडक पुन र गाउपालिका प्रमुख मेहरसिङ्ह पाइजालाई उक्त पत्र बुझाइएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला सचिब कृष्ण भट्टराईले जानकारी दिए ।

बडिगाडमा उक्त पत्र बुझाउन नेपाल शिक्षक संघ क् िसंघिय प्रतिनिधि कल्पना खरेल एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला उपाध्यक्ष जि िब थापा अखिल नेपाल शिक्षक संघ बडगिाड अध्यक्ष शिबलाल बन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बडगिाड सचिब यज्ञ घिमिरे जिल्ला सदस्य राजेन्द्र आचार्य जिल्ला सचिब कृष्ण भट्टराई लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष पाइजाले धेरै सकारात्मक मागहरु रहेपनी शिक्षासम्बन्धि सबै अधिकार केन्द्र सरकारलाई दिनुपर्ने माग बैज्ञानिक नभएको बताउदै माग सम्बन्धित निकाय सम्म पुइँउन सहयोग गर्ने बताउ ।

शिक्षा क्षेत्र प्रमुख खडक पुनले शिक्षकले माग राख्ने मात्र नभई शैक्षिक गुणस्तरमा पनि ध्यान दिन अनुरोध गरेक्ँ ीथ्उ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply