Sorry, that menu does not exist.
 

गरिव, दलित तथा एकल महिलाहरुका लागी उन्नतजातको बाख्रा वितरण

सुमन सुनार, बुर्तिवाङ २०७५ जेठ २१ । ढोरपाटन नगरपालिका वडा नं. ७ ले वडास्तरका गरिव, दलित तथा एकल महिलाहरुका लागी उन्नतजातको बाख्रा वितरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका गरिव, दलित तथा एकल महिलाहरुलाई स्वरोजगार बनाई आयआर्जनमा वृृद्धि गर्ने उद्देश्यले करिव २ लाख ७० हजार बराबरको बाख्रा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । आईतबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वडा स्तरका ६० जनालाई बाख्रा वितरण गरिएको वडा नं. ७ का वडा अध्यक्ष दिपक थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार ढोरपाटन नगरपालिकाबाट आर्थिक वर्ष २०७४÷०७५ मा विनियोजित बजेटबाट उन्नतजातको बाख्रा गरिद गरि वितरण गरिएको हो ।

अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथी उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडा अध्यक्ष थापाले बाख्रा पालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरि अरुका अघि उदाहरणीय बन्न किसानहरुलाइ आग्रह गरेका छन् ।

उनले अनुदानमा पाएको बाख्राको स्याहार सुसार गरी यसबाट वर्षेनी राम्रो आम्दानी गर्न सके आगामी दिनमा पनि वडा कार्यालयले कार्यक्रमलाई निरन्तरता दिने बताए । स्थानियहरुले वडाले बाख्रा उपहार दिएकोमा खुसी व्यक्त गर्दै नमूना कृषक बन्ने उद्देश्यमा आफुहरु लाग्ने बताएका थिए ।

वडा अध्यक्ष थापाको अध्यक्षता रहेको बाख्रा वितरण कार्याक्रममा ढोरपाटन नगरपालिकाका पशुसेवा कार्यालयका प्रमुख खुमानन्द पोखरेलको विशेष उपस्थिती रहेको थियो ।

तारा प्रसाद बुढाको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन धन बहादुर अदैले गर्नुभएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply