योगेन्द्र विश्वकर्मा बुर्तिवाङ २०७५ जेठ २१ । स्थानिय तहका पदाधिकारी तथा कर्मचारीहरुका लागि योजना तथा बजेटिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिमको आज उद्घाटन गरिएको छ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानिय तथा सामुदायिक बिकास एलजीसीदीपी को सहयोग र जिल्ला समन्वय समितिको आयोजनामा यो तेस्रो चरणको कार्यक्रम अन्तरगत २ दिने स्थानिय तहका पदाधिकारी तथा कर्मचारीहरुका लागि योजना तथा बजेटिङ सम्बन्धी क्षमता अभिवृछि तालिमको आज बुर्तिबाङमा उद्घाटन गरिएको हो ।
अगिल्ला चरणको कार्यक्रम न्यायिक समितीलाई तालिम दिने र दोसा्रे चरणको कार्यक्रम खरिद तथा बित्त ब्यबस्थापन कार्यक्रम सम्पन्न भैसकेको छ।
आज निसीखोला गाउँपालिका र बडीगाड गाउपालिका अन्तरगतका सम्पुर्ण जनप्रतिनिधी तथा कर्मचारीहरुलाई लक्षीत गरि कार्यक्रमको आयोजना गरिएको जिल्ला समन्वय समितिका उपसंयोजक बिष्णु भुषलले जानकारी दिए ।
ाकार्यक्रमा बिकास योजनाको अबधारणा बिकास क्रम र संबैधानिक एव् कानुनी व्यबस्था बारेमा जानकारी,स्थानिय तहको वार्षिक योजना र वजेट तजुर्मा पुर्व तयारी सा्रेत अनुमान तथा बजेट सीमा निर्धारण सम्बन्धमा प्रष्ट जानकारी,स्थानिय तहको पार्षिक योजना र वजेट सम्बन्धमा अभ्यासमुलक छलफल,बस्ति स्तरका योजना छनोट र वडा स्तरमा योजना प्राथमिकीकरण गर्ने प्रकृयामा प्रष्ट जानकारी,कार्यपालीकाका विभिन्न समितिहरुमा बजेट छलफल र कार्यपालीका एव् सभाबाट स्वीकुति प्रकुया वारेमा प्रष्ट हुने, आर्थिक ऐन विनियोजन ऐन तथा बजेट सम्बन्धी अनुसुचीहरुको जानकारी एव् अभ्यसको माध्यमबाट सो सम्बन्धमा प्रष्टता हुने छ, साथै योजना कार्यान्वयन अनुगमन र मुल्यकन सम्बन्धी व्यवस्था वारेमा जानकारी हुने तालिमका स्रोत व्यक्ति भिम बहादुर कुँवरले जानकारी गराए ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले धेरै चुनौति हुदाहुदै पनी स्थानिय तहमा सम्पुर्ण कार्य सम्पादन गर्न धरै समस्या पर्ने भएकोले बिबेशील भएर बिबादित काममा नमुछिकन काम गर्न आग्रह गरेका थिए ।
कहिकतै सानातिना समस्याहरु आउछन तेसको लागि सबैसँग सहकार्य र हातेमालो गरेर अगाडी बढ्नुपर्ने उनको भनाई थियो । ढुङ्गानाले जनप्रतिनिधी भएको एक बर्ष बिति सक्दा पनि केन्द्र र प्रदेशस्तरबाटै आबश्यक नितिनियम स्थानिय तह सम्म नआएकोले स्थानिय तहमै आबश्यक ऐन बनाएर जादा पनि समस्या आउने हुदा धेरै चुनौतिका साथ आबश्यक ऐन बनाएर कार्य सम्पदन गर्नु परेकोमा हामी पनि महसूस गर्न सक्छौ तर हामी समाजको सेवाको लागि अघि बढेकाले आफ्नो काममा बिचलित नभैकन सहकार्यका साथ अगाडी बड्नु पर्ने बताए ।
किार्यक्रममा निसीखोला गाउपालिका र बडीगाड गाउपालिकाका जनप्रतिनिधी कर्मचारी लगाएत गरि पचास जनाको सहभागिता रहेको थियो ।
निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल बडीगाड गाउपालिकका मेहरसिह पाईजा जिल्ला समन्वय समितिका उप प्रमुख बिष्णु भुषाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रको उद्देश्य बारेमा बागलुङ जिल्ला समन्वय अधिकारी भिम बहादुर कँुवरले प्रकाश पारेका थिए । तालीम भोलिसम्म सञ्चालन हुने छ । तालीमको स्रोत ब्यक्तिहरुमा गीता श्रीस जिल्ला समन्वय अधिकारी भिम बहादुर कँुवर, निसीखोला प्रसासकीय अधिकृत सुशील पनेरु कोष तथा लेखा नियन्त्रक कार्यलय बागलुङका प्रमुख राम्जीप्रसाद शर्मा रहेका छन्।
यो कार्यक्रम पहिलो चरणमा बरेङ गाउपालिका र जैमिनी नगरपालिका दोस्रो चरणमा निसीखोला गाउपालिका र बडीगाढ गाउपालिका र तेस्रो चरणमा यहि जेष्ठ २३ र २४ गते तमालखोला गाउपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधीहरुको बिचमा कार्यक्रम सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।
आजको कार्यक्रमा बागलुङ जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला समन्वय समितिका नासु ससबहादुर पुनले गरेका थिए ।