योगेन्द्र विश्वकर्मा, बोँगादोभान २०७५ जेठ २१ । बागलुङ जिल्लाको सुदूर पश्चिम तमानखोला गाउपालिकाको केन्द्र बोँगादोभानमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यलय बागलुङको आयोजना र तमानखोला गाउपालिकाको समन्वय तथा ब्यबस्थापनमा भएको एकीकृत घुम्ती शिविरको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले व्यानर पढेर उद्घाटन गरेका थिए ।
उद्घाटन पछी बोल्दै प्रमुख अतिथी ढुंगानाले सदरमुकाम देखि सयौँ दुरी टाढा रहेको दुर्गम तमानखोला गाउपालिकामा यो कार्यक्रम जिल्लामानै पहिलो भएकोमा उच्च प्रशंंसा गर्दै यस्तो कार्यक्रम प्रभबकारी हुने भएकोले केन्द्रमा मात्र नभएर प्रत्येक वडामा सञ्चालन गर्नसक्ने हो भने अझ प्रभबकारी हुने बताए ।
कार्यक्रममा प्रमख जिल्ला अधिकारी बेदप्रसाद खरेल, प्रहरी उपरीक्षख दीपक रेग्मी, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यलय बागलुङका प्रमुख खगेन्द्र भट्टचन लगाएतले बोलेका थिए।
तमानखोला गाउपालिकाका अध्यक्ष जोगलाल बुढाको अध्यक्षता तमानखोला गाउपालिकाका लेखापाल याम बहादुर थापाको स्वगत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रसासकीय अधिकृत कमलप्रसाद गौतमले गरेका थिए ।
घुम्ती शिविरमा प्रमुख जिल्ला अधिकारी खरेलले दिलसरा घर्तीमगरलाई पहिलो नागरिकता प्र्र्रदान गर्दै नागरिकता प्रमाण पत्र वितरणको शुभारम्भ गरेका थिए । सो अवसरमा तमानखोला गाउपालिका ५ का ७२ वर्षिय चित्रे कामीलाई पहिलो पटक नागरिकताको प्रमाण पत्र प्रदान गरिएको थिया । नागरिकताको प्रमाण पत्र नहुँदा उनी सामाजिक सुरक्षा भत्ताबाट बन्चित भएका थिए ।
शिविरमा ४६ महिला र २४ जना पुरुषगरी जम्मा ७० जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्तले जानकारी दिए ।
शिविरमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले अपांगता परिचय पत्र वितरण कार्यको शुभारम्भ गरेका थिए भने क, ख र ग बर्गका गरी १८ जना अपांगता भएकालाई परिचय पत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका अर्जुन ढकालले बताए ।
यस्तै एकीकृत शिविरमा नेपाली सेना र स्वास्थ्य केन्द्रको समन्वयमा सम्पन्न स्वास्थ्य शिविरमा १२२ महिला र ४८ जना पुरुषले सेवा लिएको थिए । शिविरमा नेपाली सेनाको २३ नं वाहिनका सहसेनानी डाक्टर प्राकृत क्षेत्रीले सेवाग्राहीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।
दुर्गम ठाउको दुरदराजमा रहेका अपाङ्ग, बृद्ध बृद्धा लगायतका नागरिकहरुलाई सेवा दिने उद्देश्यकासाथ नागरिकता बितरण स्वास्थ्य चेकजाच र अपाङ्गता परिचय पत्र बितरण कार्यक्रम आयोजना गरिएको तमानखोला गाउपालिकाका लेखापाल यामबहादुर थापाले बताए ।
तमानखोला गाउँपालिकाको बोँगादोभानमा पहिलो पटक एकीकृत घुम्ती शिविर आयोजना गरी दूरदराजका नागरिकहरुलाई आफ्नै गाउँघरमा आएर नागरिकता र अपांगताको प्रमाण पत्र वितरण गरिनुका साथै नेपाली सेनाको सहयोगमा स्वास्थ्य शिविर सन्चालन गरिएकोमा स्थानीयबासी निकै प्रशन्न अवस्थामा देखिएका थिए । आफ्नै जिल्लाको चिने जानेको व्यक्ति प्रजिअ पाउदा निकै खुशी लागेको बताउदै स्वागत समेत गरेका थिए ।
तस्बीर-अर्जुन ढकाल
बोँगादोभानमा एकीकृत घुम्ती शिविर सम्पन्न : २ सय ५८ जना सेवाग्राही लाभान्वित !
२०७५ जेष्ठ २१, सोमबार २०:३६
Home Slider, Top News, प्रमुख समाचार
Related Posts
२०७८ असार २४, बिहीबार ०९:०६
५ दिन देखी तमानखोला बुर्तिबाङ सडक अवरुद्ध
२०७८ असार १२, शनिबार ०९:२०