Sorry, that menu does not exist.
 

कांग्रेसले फे-यो कामी गाउँको नाम, नामकरण गर्यो ‘कालिका देवी’ !

प्रेम सुनार, गुल्मी, २०७५ जेठ २१ । नेपाली कांग्रेस गुल्मीले गरेको ५० दिने महाअभियानका क्रममा समाजका ठुलाबढा भनाउँदाहरुले सदियौ देखि दलित समुदायको अपमान र उपाहस गर्दै उनीहरु क्ै जातका आधारमा राखेका उनिहरुको गाउँ टोलका नामहरुलाई फेरेको छ । जातियताका आधारमा गाउँ नाम राख्नु ति समुदायको ठाडै अपमान गरिएको कांग्रेसले ठहर गर्दै जिल्लाका अधिकांस स्थानमा राखिएका त्यस्ता उपहासपुर्ण नामहरु महाअभियानका क्रममा वदलेर सभ्य भाषाको नामकरण गरिएको कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।\

उनका अनुसार साविकको विशुखर्कमा कामी टोल भनिदै आएको गाउँलाई कालिकाटोल राखिएको छ । जहाँ सुनारहरु बस्ने गरेको र कतिपयले सुनार टोल भने पनि अधिकांसले हेपेर कामी टोल भन्दै आएका थिए । त्यस्तै साविकका हर्मिचौर गाविसमा दमै टोल भनेर चिनिने टोललाई पनि कालिका टोल नामकरण गरिएको छ । अर्वेनीको दमै टोल भनेर चिनिने स्थानलाई पनि कांग्रेसले त्यहाँका जनप्रतिनिधीहरु कै रोहवरमा वसपार्क टोल नामरकण गरेको छ ।

विशुखर्कको सुनार टोल भनेर चिनिने टोललाई त्यहाँको प्रशिद्ध रुखका नाममा सिलीङ्ग वस्ती नामकरण गरिएको छ । जिल्लाका ९३ वटै वडामा रहेका त्यस्ता जातिय विभेद दर्शाउने टोल वस्तीहरुलाई नामकरण गरिए पनि जिल्लाको पुरै रिर्पोट आउन बाँकी रहेकोले आगमी दिनमा बस्ने समिक्षा बैठकले सार्वाजानिक गर्ने पन्थीले जानकारी दिए ।

कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले जातका आधारमा हेप्ने , दलित समुदाय भनेर हेप्दै आफु भन्दा आदर गर्ने उमेरको मान्छेलाई समेत तँ तिमी भनेर हेप्ने, छुवाछुत गर्ने कार्यकर्ताहरु अव कांग्रेसलाई नचाहिने बताउँदै यस्तो खाले विभेद गर्ने कार्यकर्ता पाईए पार्टी सदस्यता नै खारेज गर्ने चेतावानी दिए ।
सभापति श्रेष्ठ सचिव पन्थी , अर्का सचिव विष्णुकुमारी सापकोटा लगायतका जिल्ला नेताहरुले नागरिकतामा समेत दलित समुदायको नाम कतै नेप्टे , चेप्टे , राते श्रीमतिको नाम रातेनी त्यसमा पनि कमिनी जस्ता कथित ठुला बडाहरुले राख् लगाएर उपहास गरेको विषय प्रमुख जिल्ला अधिकारी कोशल राज शर्मालाई भेटेर ध्यानकृष्ट गराएको र त्यसो नाम थर फेर्न लगाउन अनुरोध गरेको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply