छविलाल पाण्डे, बुर्तिवाङ २०७३ फागुन ११ । बुर्तिबाङको वडा नँ २ अर्नाकोटलाई स्थानीय युवाहरुको सक्रियतामा गाँउलाईनै लोकल मदिरा निषेध गाँउ घोषणा गरिएको छ ।
गाँउमा युवा देखि जेष्ठ नागरीकले समेत खुलेयाम मदिराको प्रयोग गर्ने गरेको र परिवार देखि समाज सम्ममा झैझगडा हुने, सामाजिक कार्यमा सबैको
उत्साह नहुने, गाँउनै भाँडिन थालेपछि बुधबार एक भेलाको आयोजना गर्दै तारा थापको अध्यक्षतामा सबैको सहमतीबाट लोकल मदिरा निषेध गाँउ
घोषणा गरिएको स्थानीय शँकर कुवँरले बताए । उनका अनुसार लोकल मदिरा कसैले पनी बनाउन, बिक्रि गनर्, कसैले पनी सेवन गर्न नपाईने
निर्णय गरिएको छ ।
त्यस्तै अन्य ब्रान्डेड मदिरा भने कसैले प्रयोग गर्ने परिस्थितीमा साँझ पाँच बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रयोग गर्न पाउने निर्णय गरिएको छ ।
निर्णयको पालना नगरेको खण्डमा पहिलो पटक बिक्री गर्ने र प्रयोग गर्नेलाई ५ हजार, दोश्रो पटक १० हजार र अटेर गरेमा कानुन बमोजिम कार्वाही प्रकृयामा लगिने निर्णय समेत गरिएको छ ।