Sorry, that menu does not exist.
 

रुद्रावती क्याम्पस वामीमा २ दिनदेखी ताला खुलेन, क्याम्पस प्रशासन मुकदर्शक !

प्रकाश घिमिरे, वामी गुल्मी २०७३ फगुन ११ ।रुद्रावती बहुमुखी क्याम्पस वामीमा मँगलबार बाट लागेको ताला अझै खुल्न सकेको छैन । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले भर्ना सम्बन्धी बिषयमा असन्तुष्टी जनाउँदै मँगलबार बिहान करिब साढे ६ बजे तालाबन्दी गरेको थियो । क्याम्पसमा हिजो, आज गरेर तीन पटक बैठकहरु भए तर सबै आआप्mनै अडानका कारण बिना निष्कर्ष टुङ्गिए । बैठक फेरी भोली पनि डाँकिएको छ ।

क्याम्पसमा बिद्यार्थी संगठनहरु बिच भएको एक बैठकले यही फागुन ६ गते प्रथम बर्षको तथा फागुन १० गते सम्म अन्य तहका बिद्यार्थीहरुको कार्यालय समय भित्र भर्ना गर्ने निर्णयानुसार भर्ना नभएको भन्दै अनेरास्वबियुले तालाबन्दी गरेको हो । अनेरास्वबियुले अन्य संगठनले क्याम्पस समय भन्दा पछाडी समयमा बिद्यार्थी भर्ना गरेको आरोप लगाएको छ । तर नेबिसंघले भने कार्यालय समय भित्रै आफुहरुले बिद्यार्थी भर्ना गरेको भन्दै अनेरास्वबियुको कडा प्रतिबाद गरेको छ ।

तालाबन्दीको बिषयमा क्याम्पस प्रशासन सँग बुझ्ना प्रशासनले बिद्यार्थीहरुले क्रमअनुसार काम नगरी एक्कासी बिरोधमा उत्रिएको प्रति आफुहरु असन्तुष्ट भएको बताएको छ । प्रशासनले शुरुमा लिखित अथवा मौखिक जानकारी दिएर सुनुवाइ नगरेमा मात्र तालाबन्दीको काममा लाग्नुपर्ने बताएको छ ।

क्याम्पसमा मतदाता नामावली सार्वजनिक भैसकेपछि मात्र दावी बिरोध गर्नुपर्नेमा पहिल्यै कुनै जानकारी नदिइ तालाबन्दी गर्नु ठिक नभएको स्थानीयहरुले बताएका छन्।

अनेरास्वबियुका एक नेता केशब रानाले क्याम्पसमा क्याम्पस समय भन्दा पछाडी भर्ना गरिएको प्रति आफ्नो आपत्ती भएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply