Sorry, that menu does not exist.
 

सूर्य-लक्ष्मी स्मृति सम्मान : सनातन बैदिक हिन्दुधर्मको रक्षा गर्नु सबै नेपालीको कर्तब्य- ऋषि प्रपन्नाचार्य

कोपिला कंडेल, बागलुङ २०७५ जेठ २३ । यसबर्षको सूर्य-लक्ष्मी स्मृति सम्मान रङ्गबैङ्कटेश मुक्तिनारायण मन्दिर बा.न.पा ४ कुडुले फेदीका उत्तराधीकारी स्वामी ऋषि प्रपन्नाचार्यलाई प्रदान गरिएको छ । बागलुङ बजार निवासी स्वर्गिय सूर्यलाल श्रेष्ठ र महालक्ष्मी श्रेष्ठको नाममा छोरा कुल प्रसाद श्रेष्ठ र छोरी स्वर्गिय सहनशीला श्रेष्ठले धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यल २०७१ सालमा स्थापना गरेको तेस्रो पुरस्कार स्वामी ऋषि प्रपन्नाचार्यलाई प्रदान गरिएको हो ।

उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश शेषराज शिवाकोटीले नगद २५ हजार रुपैय“ा र दोसल्ला ओढाएर सम्मान सम्मानित गरेका थिए ।

त्यसैगरि कोषले मुक्तिनाथ बेद बिद्याआश्रममा कक्षा १० मा अध्ययनरत बिद्यार्थी नविन पौडेललाई नगद दुई हजार पा“च सय रुपैय“ा नगद सहित सम्मान गरिएको थियो ।

स्वामी प्रपन्नाचार्यले सनातन बैदिक धर्मको रक्षाको लागि महत्वपुर्ण योगदान गरेको भन्दै सो पुरस्कार प्रदान गरेको सूर्य–लक्ष्मी स्मृति अक्षय कोषले जनाएको छ ।

त्यसैगरी कोषले बैङ्कटेश्वर मन्दिर अन्तर्गतको सांस्कृतिक पाठशालाका बिद्यार्थी नविन पौडेललाई नगद रु २५ सय सहित प्रशंसा पत्र र दोसल्ला ओडाएर मुख्य न्यायाधीश सिवाकोटीले पुरस्कृत गरेका थिए ।

सम्मान कार्यक्रमको उद्घाटन गर्दै मुख्य न्यायाधिस सिवाकोटीले धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकाका लागि सूर्य लक्ष्मी स्मृति पुरस्कार महत्वपूर्ण रहेको बताए । उनले पुरस्कारको कोषको बिकास र बिस्तार गर्दै लैजानुपर्नेमा जोड दिए ।

त्यसैगरी सम्मानित ब्याक्तित्व स्वामी ऋषि प्रपन्नाचार्यले सनातन बैदिक हिन्दुधर्मको रक्षा गर्नु सबै नेपालीको कर्तब्य भएको बताए । पछिल्लो समय जनतालाई बिभिन्न प्रलोभनमा पारेर धर्म परिवर्तन गराउनेको बिगबिगी बढेको भन्दै स्वामी प्रपन्नाचार्यले गरिब दलित तथा न्युन बर्गको जीवनस्तर उकास्नका लागि गास बास र कपासको ब्यवस्था गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

सो अवसरमा कोषका संस्थापक एबं उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य निर्माण कुमार श्रेष्ठ बासु, पुर्व राज्यमन्त्री चम्पा देबी खड्का, उद्योग बाणिज्य सघं बागलुङका अध्यक्ष जयराम भारी, तेजरत्न स्मृती कोषका अध्यक्ष लालचन्द्र राजभण्डारी र कालिका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष राजु खड्का लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

यसअघि सूर्य लक्ष्मी स्मृति आक्षय कोषको पहिलो पुरस्कार श्री १ हजार ८ स्वामी ज्ञानानन्द सरस्वती दोस्रो पुरस्कार अनन्त श्री बिभुषित मुक्तिनाथ पीठाधिश्वर स्वामी श्री कमलनयनाचार्यलाई प्रदान गरिएको थियो ।

कार्यक्रम कोषका संस्थापक अध्यक्ष पवन श्रेष्ठको अध्यक्षता, संस्थापक संरक्षक प्रेम छोटको स्वागत मन्तब्य र कोषका सचिव हरी प्रसाद उपाध्यायको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply