गुमानसिँह भण्डारी, गल्कोट २०७५ ज्ठ २३ । जिल्ला ट्राफिक कार्यालय बागलुङ, धौलागिरी यातायत कार्यालयको आयोजना र उद्योग बाणिज्य संद्य गल्कोटको समन्वयमा नवप्रभात बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बिद्यार्थीहरुलाई ट्राफिक सम्बन्धि जानकारी अपरिहार्य हुने बताउदै बिद्यार्थीले आफुले सिकेको ज्ञान घरका सम्पुर्ण सदस्यहरुलाई जानकारी गराए सवारी दुर्घटना कम हुने बताए ।
त्यस्तै प्रहरी उपरिक्षक दीपक रेग्मीले पछिल्लो समय गल्कोट क्षेत्रमा दुर्घटनाका समाचार बढी सुनिने हुदाँ यस्ता खाले कार्यक्रम प्रभावकारी हुने बताए । गाउँ गाउँमा बस्ने मानिसहरुलाई ट्राफिक नियम सम्बन्धि जानकारी नहुदाँ सवारी दुर्घटना बढिरहेको उनको भनाई थियो ।
कार्यक्रममा ट्राफिक कार्यालय बागलुङका प्रमुख तथा प्रतिनिधिहरुले बोर्डिङका ७ ८ ९ र १० कक्षाका बिद्यार्थीलाई सवारी चालक तथा पैदल यात्रुले पालना गर्नुपर्ने सावधानीका बारेमा जानकारी गराएका थिए ।