Sorry, that menu does not exist.
 

स्थापना दिवसको खर्च बापतको फलफुल तथा खाद्यान्न मानवसेवा आश्रमलाई हस्तान्तरण !

बागलुङ, २०७५ जेठ २४ । नेपाल स्वास्थ्यकर्मी संघ बागलुङले आफ्नो २७ औं स्थापना दिवस बागलुङ सदरमुकाममा रहको मानव सेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाएको छ । अन्य बाहिरी खर्च गर्नु भन्दा कुनै परोपकारी कार्यमा खर्च होस भन्ने उद्देश्यले दिवस मनाउने खर्चले मानव सेवा आश्रमलाई फलफुल तथा खाद्यान्नका सामाग्री हस्तान्तरण गरेका स्वास्थ्यकर्मी संघका अध्यक्ष विष्णु पौडेलले बताए ।

हामीले आश्रम रहेको बृद्धा आमाबाबु तथा अन्यका लागी निःशुल्क स्वास्थ्य परिक्षणको शिविर पनि संचालन गर्ने पौडेलले जानकारी दिए ।
सो अवसरमा रु ३ हजार ६ सय बराबर मुल्यको एक बोरा चामल, एक कार्टुन तेल, फलफुल, भुजा दालमोड हस्तान्तरण गरिएको थियोे । आश्रममा हाल २२ जना आश्रीत रहेका छन ।

आश्रममा दैनिकी चलाउनका लागी झण्डै ५५ जनाले नियमित मासिक रुपमा विभिन्न किसिमको सहयोग गर्दै आएको र पछिल्लो समयमा केही संघ संस्थाले स्थापना दिवस साथै व्यक्तिहरुले जन्मदिनमा लाग्ने खर्च पनि आश्रममा नै सहयोग गर्ने गरेको आश्रमकी अभियन्ता सुमिरा लामाले बताईन ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल टे«डयुनियन काँग्रेस प्रदेश नं. ४ का उपाध्यक्ष रामप्रसाद अधिकारीले आश्रमका लागी मासिक रुपमा १ हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा टे«ड युनियन काँग्रेस बागलुङ अध्यक्ष ईश्वर ठाकुर पौडेल, आश्रमकी अभियन्ता सुमिरा लामा, नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष देवप्र्रकाश घिमिरले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ बागलुङका अध्यक्ष विष्णु पौडेलको अध्यक्षता बरिष्ठ उपाध्यक्ष चन्द्रदत्त रेग्मीको स्वागत र सचिव शिव केसीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply