हालसम्म बागलुङ नगरपालिकाले बिमान कम्पनीहरुलाई दिएको क्षतीपूर्ती सार्वजनिक गर्न माग !
बागलुङ २०७५ जेठ २४ । केहि हप्ताको अन्तराल पछी आज नेपाल एयरलाईन्सको बिमान एक जना यात्रु लिएर काठमाडौँ बाट बलेवा अवतरण गरेको छ ।
यस अघि नेपाल एयरलाईन्स र तारा एयरका केहि उडानहरु विभिन्न कारण देखाई रद्द गरिए पनि यात्रुहरुको अभाव भएका कारण उडान नभरिएको धेरैको बुझाई रहेको छ ।
नेपाल एयरलाईन्सकोे आजको उडानमा बलेवा बाट काठमाडौँ उडान भर्ने यात्रु १२ जना भएपछी एक जना यात्रुलाई लिएर बिमान काठमाडौबाट उडेको बताईएको छ । बागलुङ नगरपालिका र दुई बिमान कम्पनिहरुबीच भएको संझौता अनुसार आजको उडानबाट बागलुङ आउने एक जनामात्र यात्रु भएकाले नपुग ११ जनाको यात्रु भाडा झण्डै ६६ हजार रुपयाँ नगरपालिकाले नेपाल एयरलाईन्सलाई हर्जाना बापत दिनु पर्ने भएकोछ ।
यसरी प्रत्यक उडानमा नपुग यात्रुहरुको भाडा नगरपालिकाले व्यहोर्दै आएको छ । हाल सम्म कति उडान भए ? कुन उडानमा कति यात्रु नपुग भएका हुन् ? र आजको उडान सम्ममा कति रुपयाँ नगरपालिकाले विमान कम्पनिहरुलाई क्षतीपूर्ति दिनुपर्ने हुन्छ वा दिएको छ त्यस्को यथार्थ विवरण सार्वजनिक गर्न नागरिक समाजले माग गरिरहेपनि नगरपालिकाले भने कुनै जवाफ दिन सकेकोे छैन ।
स्मरणीय छ, बागलुङ नगरपालिकाले बिमान कम्पनिहरुलाई पहिले नै रु १० १० लाख रुपयाँ भुक्तानी दिई सकेको छ । यसरी राजश्वको लाखौ रकम रित्तो बिमानलाई हर्जाना बुझाउदै आएको नगरपालिका माथि चारैतिरबाट दबाब परेको छ ।