प्रेम सुनार, वामीटक्सार २०७५ जेठ २६ । शिक्षले विद्यार्थी कुटेर कानको जाली फुटेको एक हप्ता पुग्न लागी सक्यो । स्थानिय मेडिकल देखि भक्तपुर सम्म पुगेर उपचार गरिएको छ । तर पनि गुपचाप राखिदै आएको छ । अहिले सम्म न्याय नपाए पछि परिवारजनले हामी संग गुहार मागे । स्वास्थ्य सेवा दिने स्थानिय अस्पतालले समेत केहि भएको छैन भनेर ढाँट्यो ।
वामीटक्सार प्रहरी चौकीमा उसै दिन उजुरी दिदा समेत बेवास्ता गरिदै आएको छ । यस सम्वन्धमा मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै वामीटक्सार वजारस्थित गोल्डेन फ्युचर एकेडमी वोर्डिङ्ग स्कुलका प्रिन्सिपलसंग बुझ्दा हामी बैठक वस्दैछौ न्युज चाँही नबनाई दिनुस् भनेर भन्छन् ।
प्रिन्सिपल रामु तिवारीले गत आईतवार त्यहाँका शिक्षक सुदन भट्टराईले कक्षा ५ का विद्याथी प्रशान्त सापकोटालाई एक थप्पड गालामा हानेको स्वीकार गर्छन । उनले भने–‘ म यहाँ थिईन । विद्यालयको कामले बुटवल गएको थिएँ । बुधवार मात्रै फर्केको हुँ । मैले प्रत्यक्ष नदेखे पनि सुदन सरले आईतवारको दिन प्रशान्तको गालामा एक थप्पड हानेको बुझे ।
तत्काल उनलाई वामीटक्सारको लोहनी मेडिकलमा लगियो । त्यस पछि उनलाई होस्टेलमा ल्याएर सुताईयो । पछि अभिभावकले वामीमा रहेको प्रभास अस्पतालमो चेक गराईयो । पछि अभिभावकहरुले काठमाण्डौंमा लगेर उपचार गरेर फर्किनु भएको छ आज छलफल हुँदैछ ।’
प्रशान्तका अभिभावकहरु संग बुझ्दा आफुहरुको कुरा सुन्ने कोही नभएको भन्दै सञ्चारकर्मीलाइ आई दिन आग्रह गरे । प्रशान्तका पिता मुक्तिराम सापकोटा जापानमा कार्यरत भएकोले उनका भाई विष्णुप्रसाद सापकोटा भतिजा कुटिएको खवर पाउदा साथ भारतबाट फर्किएका छन् ।
पकोटा भन्छन–‘भतिजो कुटिएको खवर पाउदा साथ भारतबाट आएर काठमाण्डौं उपचार गर्न लगेको हुँ । वामीटक्सारको प्रभास अस्पतालले केहि भएको छैन भनेर ढाँट्यो । त्यस पछि हामीले भक्तपुर ठिमीमा रहेको विपी आई फाउण्डेशनमा लगेर जचाउँदा बावुको कानको जाली नै फुटेको पाईयो । ’
उनले थपे–‘पहिला वावुले कान सुन्दैन्थ्यो र अप्रेशन गरेका थियौं । यसलाई कुट्न थालेको यो तेश्रो पटक हो । हामीले कान अप्रेशन गरेका छौं वावुलाई नकुट्नु होला भन्दा भन्दै पनि फेरी कुटियो र अहिले सम्म गुपचुप राखेर अन्यायमा पार्दै आईएको छ । ’
११ वर्षिय वालक प्रशान्तकी आमा कृष्ण सापकोटाले भनिन–‘ त्यस दिन विहानको ट्युशन पढ्न जाँदा सुदन सरबाट वावु कुटिएको रहेछ । स्कुल र हाम्रो घर दुई मिनेट पनि नलाग्ने नजिकै छ । मलाई खवर गर्नुको साटो वावुलाई ओगेन्द्र लोहनी डाक्टर सावको मेडिकलमा लगेर जँचाए पछि होस्टेलमा लगेर सुताईए छ ।
पछि प्रभास अस्पतालमा लैजाँदा केहि भएको छैन भनेर ढाँटियो । आखिर भक्तपुर पुराए पछि कानको जाली फुटेको थाहा भयो । उहाँहरुले वावु कुटिएको कुरा दवाउन खोज्नु भएको रहेछ । ’
बालक प्रशान्तसंग बुझ्दा सरले प्रश्न सोद्धा उत्तर दिन नसकेपछि बेस्सरी गालामा एक थप्पड हानेको बताए । उनको कान अहिले सम्म दुख्दै छ । उनका काका सापकोटाले भने–‘ खै सर बैठकमा गए पनि हाम्रो कुरा कसले पो सुन्ला र ? जनप्रतिनिधीहरु समेत त्यस वोर्डिङ्गका शेयर होल्डर रहेका छन् । ’
प्राप्त जानकारी अनुसार त्यहाँका जनप्रतिनिधीहरु देखि त्यहाँका प्रतिष्ठित व्यक्तिहरु त्यस वोर्डिङ्ग स्कुलमा शेयरधनी रहेका छन् । यस सम्वन्धमा मुसिकोट नगर प्रमुख सोमनाथ सापकोटासंग बुझ्दा आफुलाई केहि जानकारी नदिईएको बताए । उनले भने यसवारे आफुलाई केहि जानकारी छैन अव म तत्काल बुझ्ने छु ।
केहि दिन अघि तम्घासको रेसुङ्गा माविमा एक जना विद्यार्थी वालक कुटिदा पनि विद्यार्थीले दिनैभर जसो अभिभावकलाई जानकारी नदिई गुपचुप राखेको थियो ।
अपडेट
यसैबीच विद्यालयले विद्यार्थी कुटेको समाचार प्रकाशित भएको दुई घण्टा नवित्दै अभिभावकलाई वोलाएर उपचार खर्च पुरै ब्यहोर्ने प्रतिबद्धता जनाउँदै घटना प्रति दुख ब्यक्त गरेको छ ।
मुसिकोट नगरपालिकाको केन्द्र रहेको स्थान नजिकै वामीटक्सार वजारस्थित गोल्डेन फ्युचर एकेडमी वोर्डिङ्ग स्कुलमा गत आईतवार शिक्षक सुदन भट्टराईले कक्षा ५ का विद्यार्थी ११ वर्षिय प्रशान्त सापकोटालाई गत आईतवार कुटेको विषयमा दुख ब्यक्त गर्दै उपचार खर्च ब्यहोर्ने प्रतिबद्धत्रा जनाएको हो ।
प्रिन्सिपल रामु तिवारीले केहि वेर अघि फोन गरेर भने–‘ हामीले ति विद्यार्थीका अभिभावकलाई बोलाएर सहमति ग¥यौं , घटना प्रति दुख ब्यक्त गर्दै कानको उपचारका लागि पुरै खर्च ब्यहोर्ने भएका छौं । ’
विद्यालय ब्यबस्थान समिति अध्यक्ष महेशबहादुर जिसीले पनि घटना प्रति दुख ब्यक्त गरेका छन् । विद्यार्थी वालक एक वर्ष अघि मात्र कान नसन्ने भएकोले अभिभावकहरुले अप्रेशन गरी दिएका थिए । त्यसै कान नजिकै शिक्षकले झापड हान्दा उनलाई असर परेर भक्तपुरको अस्पताल सम्म लगेर परिवारजन हालै फर्किएका छन् ।
दुई घण्टा अघि मात्र प्रकाशित समाचारको संञ्चार माध्यमलाई धन्यवाद दिदै वालकका काका विष्णुप्रसाद सापकोटाले भने–‘पहिला सहमत भएका थिएनन अहिले कागज कागज गररै दुख ब्यक्त गरे विद्यालय परिवारले र आगमी दिनमा यस्ता कार्यहरु दोहरिने छैनन भन्दै उपचार खर्च ब्यहोर्ने सहमति गरेर आएका छौं । ’
प्रिन्सिपल तिवारीले त्यसरी कानको जाली नै फुट्ने गरी शिक्षकले नकुटेको , सामन्य थप्पड हान्दा पहिला अप्रेशन गरेको उनको कानमा सामन्य असर मात्रै परेको दावी गरे ।
उनकी आमा कृष्ण सापकोटाले भने यस्तो खालको कुटाई तेश्रो पटक भएको र पछिल्लो कुटाईबाट वावुको कानको जालीमा प्याल परेको वताएकी छन् । विद्यालयले वामीटक्सार प्रहरी चौकीका प्रमुख सई नारायणबहादुर कुँवरको रोहवरमा सहमति गरिएको जनाएको छ ।