Sorry, that menu does not exist.
 

घरविहीन गीता जीसीलाई जापानबाट रु. २ लाख बढी सहयोग : रकमको सदुपयोग गर्न आग्रह !

बागलुङ २०७५ जेठ २६ । काठेखोला गाउँपालिका वडा नम्बर ७ की घरविहीन गिता जिसीलाई जापानमा रहेका नेपालीहरुले घर निर्माणको लागि २ लाख १९ हजार रुपैयाँ सहयोग गरेका छन् ।

युवावस्थामै श्रीमान गुमाएकी जिसीका एक अपाङ्गता भएकी छोरी र एक छोरा रहेका छन् । घरको आर्थिक अवस्था नाजुक रहेकाले अपाङ्गता सरोकार संघ बागलुङ र लियो क्लब अफ बागलुङ कालिकाको पहलमा जिसीको घर निर्माण भएको थियो । सो घर निर्माणको लागि नेपाल तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् ।

सो अभियानमा विष्णु खड्का, हरि खड्का, कृष्ण खड्का र कृष्ण खड्काको पहलमा जापानमा संकलन भएको २ लाख १९ हजार रुपैयाँ शनिबार विष्णु खड्का, काठेखोला गाउँपालिकाका वडाअध्यक्ष प्रेम जिसी, अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरे र लियो क्लब अफ बागलुङ कालिकाका वर्ष २०१८/२०१९ का अध्यक्ष अर्जुन कंडेलले गीता खड्का जिसीलाई हस्तान्तरण गरेका थिए ।

राहत रकम हस्तान्तर पछि बोल्दै रकम संकलनका अगुवा विष्णु खड्काले जिसीको घरको अवस्था निकै नाजुक भएकाले केही सहयोग होस् भन्ने हेतुले सहयोग संकलन गरि हस्तान्तरण गरिएको बताएका थिए । उनले उक्त रकम आयआर्जनको क्षेत्रमा लगानी गर्न र छोराछोरीको शिक्षामा खर्च गर्न अनुरोध गरे ।

उनले विदेशमा दिनरात नभनी काम गरिरहेका नेपालीहरुले जिसीको घरको अवस्थालाई हेर्दै सहयोग गरेकाले जिसीलाई उक्त रकम विनाकाममा खर्च नगरी छोरीको उपचार र छोराछोरी दुवैको पढाईमा खर्च गर्न आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा काठेखोला गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष प्रेम लामिछानेले वडाको निर्णय अनुसार रेशमा रहेका खरका छानालाई विस्थापित गरी टिनका छाना राख्ने कार्यक्रम अन्तरगत गाउँमा घर नै नभएकालाई घर निर्माणको लागि सहयोग गरेको बताए । उनले जिसीको घरको अवस्था निकै दयनीय भएकाले सवैलाई सहयोग गरिदिन आग्रह गरेका थिए ।

वडाअध्यक्ष जिसीले उहाँको काधमा २ जना छोराछोरीको अभिभावकत्व रहनुका साथै एक जना छोरी अपाङ्गता भएकाले उनको उपचारको लागि समेत घरको अवस्थाले नथेग्ने भएकाले सवैसामु आर्थिक अभियान संचालन गर्नुपरेको जानकारी दिएका थिए ।

यस्तै उक्त अवसरमा लियो क्लब अफ बागलुङ कालिकाका वर्ष २०१८/२०१९ का अध्यक्ष अर्जुन कंडेलले जिसीका श्रीमानको मृत्युपछि अर्काको घरमा शरणलिएर बस्नुपरेको र उक्त घर पनि छोड्न अनुरोध गरेकाले लियो क्लबको सक्रियतामा घर निर्माण गरिएको जानकारी दिए । उनले घर निर्माणको काम सम्पन्न भएता पनि अब उनको आयस्रोतको लागि बाख्रा पालन गर्न खोरको निर्माण गर्न बाँकी रहेको जानकारी दिए।

कार्यक्रममा अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जिसीको छोरीको खुट्टामा समस्या रहेकाले कृतिक खुट्टा राख्नुपरेको र घरायासी साथै बाहिरी सवै जिम्मेबारी जिसीको काधमा रहेकाले कोही पनि घरदेखि बाहिर बस्न नपरोस् भन्ने हेतुले घरनिर्माण गरिदिएको बताए ।

उनले अहिले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सहयोगको अभियान जारी रहेकाले सम्पूर्णलाई सहयोग गरिदिनको लागि पनि आग्रह गरेका थिए ।

यस्तै गीता खड्का जिसीले सम्पूर्ण सहयोग गर्ने सहयोगदाताहरुलाई धन्यवाद दिन चाहेको बताईन । उनले अरुको घरमा शरण लिएर बस्नुपरेको र एक अपाङ्गता भएकी छोरी र एक छोरा हुर्काउनुका साथै पढाउने ठूलो जिम्मेबारी आफ्नो काँधमा आएको अवस्थामा सवैले सहयोग गरिदिएकाले आफ्नै घर पाएकोले आफु खुसी भएको बताउँदै आफुलाई आएको सहयोग रकमले आयआर्जनको क्षेत्रमा लगाउने र छोराछोरीहरुलाई राम्रो शिक्षाको लागि पढाउने विश्वास दिलाईन।

विगत ४ वर्षदेखि अपाङ्गता सरोकार संघ बागलुङले सिविआर कार्यक्रम अन्तरगत जिसीकी अपाङ्गता भएकी छोरी निशा जिसीको उपचारको लागि सहयोग गरिरहेको छ । साथै जिसीको घर निर्माणको लागि सुरुवात नेतृत्व अपाङ्गता सरोकार संघले गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply