Sorry, that menu does not exist.
 

बडीगाडको सिमलचौरमा बाँदर आतंक : बालीनाली सखाफ पार्न थालेपछी बाँदर धपाउन उर्दी जारी !

कमल पौडेल, बडीगाड २०७५ जेठ २६ । बडीगाड गाउँपालिका वडा नं. २ को सिमलचौरमा बाँदरले सताएपछी आज भएको गाउँ भेलाले झारा लगाएर बाँदर लखेट्न उर्दी जारी गरिएको वडा सदस्य सूर्यबहादुर अधिकारीले ईबागलुङलाई बताए ।

पहिले वाँदरको त्यति समस्या थिएन, पछिल्लो समय बाँदरले अन्नबालि नाश गरिदिने गरी सताउन सम्म सताउन थालेकोले वाध्य भएर झारा नै लगाउनु परेको स्थानिय चुमाकान्त पोखरेलले वताए । आफै वाँदर लखेट्न दौडिदै गरेका शिक्षक समेत रहेका होमनाथ खरेलले वाँदर आतंकले आजित भएको बताए ।

वाँदर पनि कम्ती बाठा त छैनन् झारा लगाएर धपाउदा पनि कताबाट छल्छन् छल्छन वस्ति कटाउन नसकिएको गोपिराम पाण्डेको गुनासो थियो । गाउँलेहरु सवै मिलेर समेत वाँदर धपाउन नसकेपछि स्थानियहरु निकै निरास देखिएका छन् ।आफूहरुले लगाएको सवै वाली वाँदरले नष्ट गर्न थालेपछि सामुहिक रुपमा धपाउन सुरु गरेका कृषकहरु त्यसरी पनि सफल नभएपछि राज्यले सहयोग गर्नुपर्ने वताएका छन्।

गाउँपालिकाले व्यवस्था गर्ने हो की कसले हो ? हामीलाई बाँदरबाट सुरक्षा चाहियो आक्रोशित हुँदै वाँदर धपाउँदा पसिना पसिनै भएका चुरामणी पौडेलले भने ।

बाँँदर धपाउन समस्या भएपछी स्थानियले लगाएको वाली नाली नष्ट गर्दै घरघरमा समेत वाँदर पस्न थालेपछि गाउँलेहरु आतंकित वनेका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply