Sorry, that menu does not exist.
 

कम्युनिष्ट नामधारी नवसंशोधनबादीबाट मुलुकमा शान्ति र सुशासन कायम हुन सक्तैन – विकिरण

कोपिला कंडेल, बागलुङ २०७६ जेठ २६ । नेत्र बिक्रम चन्द्र बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध योङ्ग रेड फोर्स र अखिल क्रान्तिकारी बागलुङको प्रथम जिल्ला भेला आज एक समारोहका बिच संयुक्त रुपमा सम्पन्न भएको छ । भेलाले दुबै संगठनको बेग्लाबेग्लै नेतृत्व चयन गरेको छ ।

लाल बहादुर घर्तिको संयोजकत्वमा २१ सदस्यीय योङ्ग रेड फोर्स र अखिल क्रान्तिकारीका प्रविण साप्कोटाको संयोजकत्वमा १५ सदस्यीय अखिल क्रान्तिकारी जिल्ला संगठन समिति चयन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्जार्च बिकिरण क्षेत्रीले बैज्ञानिक समाजबादले मात्र जनताको मुक्ति हुने बताए । कम्युनिष्ट नाम धारण गरेका नवसंशोधनबादीबाट मुलुकमा शान्ति र सुशासन कायम हुन नसक्ने भन्दै उनले सामाजिक दलाल र संसदीय ब्यवस्था बिरुद्ध आफुहरुको संघर्ष जारी रहने दाबी गरे । क्षेत्रीले सरकार महंङ्गी कालोबजारी र भ्रष्टाचारमा रुमलिएको आरोप समेत लगाए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी आकाश, उद्योग ब्यापार बाणिज्य सघंका केन्द्रिय सचिव दलसिहं खत्रि, किसान संगठनका केन्द्रिय सदस्य बाबुराम आचार्य लगायतले बोलेका थिए ।

कार्यक्रम योङ्ग रेड फोर्सका जिल्ला अध्यक्ष सुमित घर्तिको अध्यक्षता, सदस्य अबिरल सुनारको स्वागत मन्तब्य र जीवन पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply