Sorry, that menu does not exist.
 

अपाङ्गता भएका ब्यक्तिले पनि सपाङ्ग ब्यक्तिहरुले जस्तै काम गर्न सक्छन – अध्यक्ष पाईजा

अनिश शर्मा गैरे, ग्वालिचौर २०७५ जेठ २९ । बडीगाड गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाले अपाङ्गता भएका ब्यक्तिहरुको लागि गाउँपालिकाले बिशेष ब्यबस्था गरेको बताएका छन् । साथै उनले आगामी आर्थिक बर्षहरुमा उनीहरुको उत्थान र बिकासको निम्ती अन्य बिभिन्न आयमुलक कामहरु समेत गर्नमा आफुहरु प्रयत्नरत रहेको बताए ।

हाँसिल गरौ दिगो बिकासको १७ लक्ष्य, सुनिश्चित गरौ हामीले चाहेको भविष्य भन्ने नारासहित बालुङ्को ग्वालीचौरमा सामेवारबाट सुरु भएको २ दिने अपाङ्ग सरोकार ऐनको कार्यान्वयन तथा उनीहरुले प्राप्त गर्ने सेवा सुविधा सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । उनले अपाङ्गता भएका ब्यक्तिहरुले पनि सपाङ्ग ब्यक्तिहरुले जस्तै गरी काम गर्न सक्ने बताए ।
कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, अपाङ्ग सरोकार संघ बाग्लुङ्का कोषध्यक्ष धर्मराज आचार्य, वडाध्यक्ष खड्क पुन लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा अपाङ्ग उत्थान समाज पर्वतका कार्यक्रम संयोजक जगन्नाथ शर्माले गरेका थिए भने प्रशिक्षणमा करीब ६० जनाको सहभागीता रहेको छ ।

तालीम आज समापन हुने अपाङ्ग सरोकार संघ बागलुङका कार्यक्रम संयोजक राम प्रसाद घिमिरेले जानकारी दिए ।

स्थानीय निर्वाचित जनप्रतिनिधिहरु, कर्मचारी, अपाङ्गता भएका ब्यक्तिहरु त्था सरोकारवाहरुको बिचमा सो कार्यक्रम गरीएको हो । अपाङ्ग सरोकार संघ बाग्लुङ्को आयोजनामा बडीगाड गाँउपालिका स्तरीय अपाङ्ग सरोकार सञ्जालको समन्वय तथा गाँउपालिकाको सहयोगमा सो कार्यक्रम गरीएको कार्यक्रम संयोजक राम प्रसाद घिमिरेको भनाइ छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply