डम्मर बुढामगर, बुर्तिवाङ २०७३ फागुन १३ । रणसिहकिटेनि गा.वि.स वडा नः ५ मा रहेको शिवालय मन्दिरको व्यवस्थापनको लागि बिभिन्न व्यक्तीहरुले जग्गा र आर्थिक सहयोग गरेका छन् । सोहि स्थानका जंग बहादुर बलालले मन्दिरको शौचालय र प्रङ्गणको लागि ५० हजार बराबरको जग्गा प्रदान गरेका छन् भने फर्च बहादुर काउचा बाट १ लाख ८ हजार,मिलन पाइजा बाट ३३ हजार ३ सय ३३ र नर बहादुर बोहरा बाट १० हजार आर्थिक सहयोग गरेका छन् ।
महाशिव रात्रिको अवसरमा सोहि मन्दिरमा आज बिभिन्न ब्राहमणबाट पुजा आजा गरिएको छ र भजन प्रतियोगीताको समेत आयोजना गरिएको छ जसको प्रायोजन जीवन प्रकाश काउचा,राजेन्द्र कुमार श्रीश,शेर बहादुर काउचाले गरेका छन् । उक्त मन्दिरमा आसपासका जलजला, भिङगिठे लगायतका गाविसहरु र छिमेकी जिल्ला गुल्मीबाट समेत भक्तजनहरु आउने सिलसिला जारी छ । त्यस्तै सोहि गा.वि.स को वडा न १ पुरानो गाउँ र दोभान खोलामा रहेको शिवालय मन्दिरमा समेत पुजा आजा गरिएको छ । त्यहाँ पनि बिभिन्न भक्तजनको घुइँचो लागेको छ । त्यहाँ पुजा आजा गर्नाले मनले आँटेको पुरा हुने जन विस्वाश छ ।