लक्ष्मी कुमाल, बागलुङ २०७३ फागुन १३ । आज हिन्दुहरुको महान पर्व महाशिवरात्रि, देशभरका शिवालय तथा मन्दिरहरुमा विहानै देखी श्रद्धालुहरुको भीड लागेको छ ।
काठमाडौँको पशुपतिनाथ, बागलुङ उपल्लाचौरको गौरीधाम, म्याग्दीको गलेश्वर, पर्वत खनियावासको शिवालय, कुस्माको गुप्तेश्वर आदि मन्दिरहरुमा श्रद्धालुहरुको अपार भीड लागेको छ ।
फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथीमा शिवरात्रि पर्व मनाईने गरिन्छ । भगवान शिवको अतिप्रिय रात्रिलाई शिव रात्रि भनिन्छ । धार्मिक मान्यतानुसार शिवरात्रिको शिवतत्वसंग घनिष्ठ सम्वन्ध छ । महाशिवरात्रिमा रुद्राभिषेकले ठुलो महत्त्व राख्दछ । यस अवसरमा रुद्राभिषेक गर्नाले सबै रोग और दोष समाप्त हुने विश्वास गरिन्छ ।
ज्योतिष शास्त्र का अनुसार फागुन कृष्ण चतुर्दशी तिथि मा चन्द्रमा सूर्य को निकट हुने हुनाले यसै समय जीवन रूपी चन्द्रमा को शिवरूपी सूर्य का साथ योग मिलन हुन्छ । त्यसकारण चतुर्दशीमा शिवपूजा गर्नाले अभीष्ट फल प्राप्ति हुने विश्वास गरिन्छ ।
महाशिवरात्रि पर्व परमात्मा शिवको दिव्य अवतरणको मंगल सूचक पर्व मानिन्छ । भगवान शिव निराकार बाट साकार रूपमा अवतरण हुने रात्रि नै महाशिवरात्रि भनिन्छ । महाशिवरात्रिले हामीलाई काम, क्रोध, लोभ, मोह, मत्सर आदि विकारहरुबाट मुक्त गरी परमसुख, शान्ति एवं ऐश्वर्य प्रदान गर्छ भन्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।
ब्रतहरुमा सर्वोत्तम मानिने महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।
तस्बीर- बागलुङ सदरमुकाम उपल्लाचौर स्थित श्री गौरीधाम शिवमन्दिरमा श्रद्धालुहरुको भीड ।