Sorry, that menu does not exist.
 

स्याङ्जाको सिल्मेडाँडामा बन्ने गोरखा समाधि स्थलको प्रदेश ४ का मन्त्री लम्सालव्दारा अवलोकन !

माधब पराजुली, पोखरा २०७५ जेठ ३० । प्रथम र दोस्रो विश्व युद्धमा ज्यान गुमाएका गोर्खाली सैनिकहरुको सम्झनामा स्याङ्जाको फेदीखोला गाँउपालिका वडा नं. ८ स्थित साल्मेडाँडामा गोर्खा समाधि स्थल निर्माण गर्न गाँउलेहरु जुटेका छन् ।

बिभिन्न युद्धको क्रममा मारिएका करिब ६० हजार गोर्खाली सैनीकहरुको सम्झनामा गोर्खा समाधि स्थल सहित गोर्खा म्युजियम,पाँच डिव्वाको रेल,गोर्खा टावर र जातिय सांस्कृतिक ग्राम निर्माण गर्न स्थातियवासीहरु सक्रिय रुपमा लागेका हुन् । यी सबै भौतिक पूर्वाधारहरुको निर्माण गर्न करिब ९ अर्व बराबरको लगानीमा लाग्ने बताईएको छ । समाधि स्थल निर्माणको लागी साल्मेडाँडा घर भई हाल रोजगारीको क्रममा देश तथा बिदेशमा रहेका व्रिटिस आर्मीहरुले ९ करोड रकम संकलन गरिसेका छन् ।

त्यस्तै सहरी विकास मन्त्रालय बाट ५ करोड रकम समेत बिनियोजन भएको छ । कुनै निकाय बाट रकम जुट्न नसके ब्रिटिस आर्मी,देश तथा बिदेशमा रहेका अन्य व्यक्तिहरु तथा स्थानियवासीहरुले रकम जम्मा गरेरै भएपनी गोरखा समाधी स्थल निर्माण गर्न कस्सिएका छन् ।

रोजीरोटी कमाउनका लागी आफ्नो प्यारो जन्मभुमी छोडी ब्रिटिस आर्मीमा होमीएका गोर्खाली जवानहरुले ब्रिटिस साम्राज्यको स्वार्थ र समृद्धिका लागी लड्दा मारिएका ६० हजार बढी सैनिकहरुको स्मृतिमा ३ सय रोपनी जग्गामा गोरखा समाधी स्थल निर्माण गर्न लागेको निर्माण समिती अध्यक्ष पुरन ध्वज गुरुङले जानकारी दिए । उनका अनुसार गोरखा समाधी स्थलको करिब २० प्रतिशत काम सम्पन्न भईसेको छ ।

नेपालमा भाँडिदै गएको जातिय सदभावलाई कसिलो बनाउन १७ जातिका मानिसहरुको लागी लक्षित गरी जातिय अनुसन्धान केन्द्र, ३ सय मानिसको क्षेमता धान्न सक्ने अत्याधुनिक टावर रेष्टुराँ पनि निर्माण गरिने उनले बताए । गुरुङका अनुसार यहाँ ५ डिब्बाको रेल पनि सञ्चालनमा ल्याउने योजना रहेको छ । १५ देखी २० कि.मी.को गतिमा चल्ने रेल साल्मेडाँडा बाट मटीखान लुम्ले भ्यू हुदैँ भरतपोखरी सम्म जानेछ गुरुङले भने’रेलमै चढेर धौवलागिरी,माच्छापुच्छ«े,अन्नपुर्ण सुन्दर हिमशृखलाहरु देख्न पाउने गरी रेलमार्गको काम अगाडी बढाएका छौँ । नेपालीहरुको स्वाभिमान उठाउनको लगी पनि गोरखा सैनिकहरको सम्झनामा उक्त बृहत योजना अगाडी सारेको उनको भनाई थियो ।

उक्त स्थानको अवलोकन गर्न पुगेका प्रदश नं. ४ का उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गोरखा समाधी स्थलको निर्माण भए सँगै पर्यटकको गन्तव्य स्थल बन्ने बताए । उनले अति सुन्दर स्थानमा रहेको सिल्मेडाँडामा गोरखा समाधी स्थल निर्माण भए सँगै यसलाई टुरिजम प्रोर्डकको रुपमा विकास गर्न सकिने पनि बताए ।

गोरखाली सेनाको सम्झनामा उक्त स्थान लाई पर्यटकीय गाँउको रुपमा विकास गर्न गाँउलेहरु जुटेको प्रति प्रशंसा गर्दै मन्त्री लम्सालले वीर नेपाली गोरखालीहरुकै कारण नेपालको शिर उच्च रहेको बताए । उनले उक्त स्थानमा समाधी स्थल निर्माण भएपछी सबै नेपालीले आफ्ना पुर्खाको सम्झना तथा सम्मानमा त्यहाँ पुजा गर्न आउने र अन्य देशका पर्यटकहरुले पनि उक्त समाधिस्थलमा पुगेर श्रद्धा व्यक्त गर्ने हुदाँ यस ठाँउ नेपालकै उत्कृष्ट पर्यटकीय स्थल बन्ने दावी गरे । यस ठाँउमा बन्न लागेको भ्यू टावर,जातिय सांस्कृतिक ग्राम,गोरखा म्यूजियम लगाएतले पनि पर्यटक तान्ने बताउदै प्रदेश सरकारले गोरखा समाधी स्थल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

करिब १५ सय मिटर उच्चाईमा रहेको उक्त स्थान बाट धौवलागिरी,माच्छापुच्छ«े,अन्नपुर्ण लागाएतका हिमशृखलाहरुको दृश्यावलकन गर्न सकिन्छ भने पोखरा भ्याली लगाएतका अन्य रमणिय स्थानहरु देख्न सकिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply