Sorry, that menu does not exist.
 

बडीगाडका अल्पसंख्यकलाई उद्यमशिलता तालिम

बागलुङ, २०७५ जेठ ३० । बडीगाड गाउँपालिका बागलुङमा रहेका अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई उद्यमशील बनाउने उदेश्यका साथ उद्यशिलता विकास तालिम सम्पन्न भएको छ ।

बडीगाड अल्पसंख्यक समुहको आयोजना तथा बडिगाड गाउँपालिका बागलुङको सहयोगमा सञ्चालित तालिममा गाउँपालिकाका १० वटा वडाका ३० जना उद्यमशिल कृषकहरुको सहभागिता रहेको थियो ।

उद्योग स्थापना गरौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ जेठ २८ देखि ३० गतेसम्म आयोजित तालिममा उद्यमशिलता, नेतृत्व विकास, वित्तीय साक्षरता र अल्पसंख्यक समुदायका अधिकारको बारेमा जानकारी गराइएको थियो ।

थकाली, छन्त्याल र कुमाल जातीका बासिन्दाहरुको बसोबास रहेको बडीगाड गाउँपालिकामा कृषि, पशुपालन, माहुरीपालन, जडिबुटी लगायतका क्षेत्रमा उद्यमशिलताका विकास गर्न सकिने गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए । उनले अल्पसंख्यक समुदायका जनतालाई आर्थिक तथा सामाजिक रुपमा अगाडि बढाउने लक्ष्यका साथ क्षमता अभिवृद्धिसंगै आयआर्जन र उद्यमशिलता सम्बन्धी तालिम सञ्चालन गरिने बताए ।

कार्यक्रममा उद्यमशिलता विकास सम्बन्धमा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले स्थानीय स्तरमा रहेका स्रोतहरुको परिचालन गरी उद्यमशिलता विकास गर्न सकिने बताए ।

समाजमा धेरै स्रोतहरु पहिचान र प्रयोगको अभावमा खेर गरैका छन्, तिनलाई सदुपयोग गरी उद्यमशिल बन्न सकेमा जनताको आयस्तर माथि उठ्ने र देशकै समृद्धि संभव रहेको उनले बताए ।

तालिम समापनका क्रममा बडीगाड गाउँपालिका वडा नं. २ का कार्यबाहक अध्यक्ष हिमा रखालले तालिममा सिकेको ज्ञानलाई स्थानीय स्रोतको उपयोग र सदुपयोगमा लाग्न आग्रह गरिन ।

समापन कार्यक्रम अल्पसंख्यक समुहका अध्यक्ष छविलाल छन्त्यालको अध्यक्षता र तालिम संयोजक ढाल प्रसाद शेरचनको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा उद्यमशिलता र उद्यमशिलताको संभावना र चुनौती विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, वित्तीय साक्षरता र यसको महत्वका बारेमा दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिना थापा, नेतृत्व विकास सम्बन्धमा सारथी एफएमका स्टेशन म्यानेजर कमल पौडेल र अल्पसंख्यकका हक अधिकारका बारेमा यामबहादुर थापाले सहजीकरण गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply