पूर्णभद्र निउरे, ताराखोला २०७५ जेठ ३१ । ताराखोला गाउँपालिका को ब्यबस्थापनमा नेपाल मा बि ताराखोला स्रोत केन्द्रले संचालन गरेको वडास्तरिय शैक्षिक ब्यबस्थापन एबं गुणस्तर अभिबृद्धि सम्बन्धी शैक्षिक अन्तरक्रिया कार्यक्रम हिलमा सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै ताराखोला गाउपालिकाका उपाध्यक्ष दिल कुमारी पुनले शिक्षा क्षेत्रको बिकासले मात्र समग्र गाउपालिकाको बिकास हुने हुदा आगामी बर्षको नीति तथा कार्यक्रममा पनि शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ बजेट बिनियोजन गरिने बताईन् । वडा स्तर बाट सामुदायिक बिद्यालयका बास्तबिकता समस्या पहिचान गरि ताराखोला गाउपालिकाको आगामी नीति तथा कार्यक्रममा समस्या समाधान संगै शिक्षा क्षेत्रमा गुणस्तर अभिबृर्दी का लागि संचालन गर्न सकिने क्रियाकलाप का बारे मा छलफल गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको शिक्षा शाखा प्रमुख दिपक सुवेदी ले बताए ।
अन्तरक्रिया कार्यक्रम मा सामुदायिक बिधालयका बिध्यमान समस्या हरु , गुणस्तर अभिबृर्दी का लागि गाउँ पालिका बाट गरिएको अपेक्षा , र आगामी बर्ष को नीति तथा कार्यक्रम मा शिक्षा क्षेत्र को कार्यक्रम मा समाबेश गर्नु पर्ने कार्यक्रम हरुका बारेमा व्यापक छलफल गरिएको थियो । कार्यक्रम मा ताराखोला गाउँ पालिका को वडा न ३ का जनप्रतिनिधि ५ वटा सामुदायिक बिद्यालय का प्रधानाध्यापक , बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष र महिला सदस्य साथै शिक्षक अभिभाबक संघ का अध्यक्ष हरु को सहभागिता रहेको थियो ।
कार्यक्रम मा वडा न ३ का अध्यक्ष डिल बहादुर बस्नेत , हरि मा बि हिल का प्र अ हरि प्रसाद पौडेल , काक्राखोर आधारभुत बिद्यालय का बि ब्य स अध्यक्ष मन बहादुर लामिछाने लगायत ले मन्तब्य दिएका थिए भने कार्य क्रम आयोजना गर्नु को उदेश्य माथी शिक्षाश शाखा प्रमुख दिपक सुवेदीले प्रकाश पारेका थिए ।
कार्यक्रम ताराखोला गाउँपालिकाका सामाजिक बिकास समितिका अध्यक्ष जित बहादुर खत्रीको अध्यक्षता र स्रोत ब्यक्ति डिल्ली प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।