खगेन्द्र विश्वकर्मा,
ताराखोला गाउपालिकाका हामी आमसमुदाय आज शोकमा डुबेका छौ । हामी माथि दैवले अति नमिठो पीडा दिएको छ । एक जागरुक युवा, गाउपालिकाका स्थानीइ निर्वाचनमा वडा ३ हिल कांक्राखोरमा जन्मे हुर्केका, हेमन्त घिमिरे उनी वडान ३ का सबैभन्दा बढी मत पाएका जन निर्वाचित प्रतिनिधि हुन् र उमेरले सबैभन्दा कान्छा प्रतिनिधि थिए ।
आज जेठ ३१ गते दुर्घटटनाको समाचार बारे स्थलगत रुपमा बुझ्दा २ को मृत्यु र २ गम्भीर घाइते भन्ने जानकारी पाएँ । जब नाम सुने तेसै आफ्नै रस्तीवस्तीमा घटेको घटनाले हकान्निएको मलाई हेमन्तको नामले मन समाल्न गाह्रो भयो ।
यहि जेठ २९ गते म आफ्नो छायांकनको कामको रेष्ट गरिरहरेको बोला फोन आयो हेमन्त जीको मैले सोचे मेरो निम्तो स्वीकार गरेर आउनु भएछ भनी सोचे र फोन उठाएँ । उनले कता हुनुहुन्छ भनी सोधे । म सुटिङ्मै छु भने अनि उनले भने व्यस्त हुनुहुन्छ भनी सोधे मैले जवाफ दिए छायांकनमै छु अहिले आराम गरिराछु एक छिन, भने । उनले भने तपाईंको छायांकनमा आउनु पाईन शुभकामना छ, खगेन्द्र सर । मैले धन्यवाद भने ।
खगेन्द्र सर, उनले भने खास गरि मैले तपाईंलाई हाम्रो स्थानिय विकासमा काम गरिराखेका छौ केही काम रेखदेख गरि पत्रकारिताबाटै पर्दाफास गर्नु पर्ने छ । यसमा साथ दिनु पर्यो खगेन्द्र सर भने । मैले भने प्रमाण सहित उजुरी दिनुस कोट गरेर समाचार बनाउछौ । केहि दिनमा भेटेर सल्लाह गरौला भनी फोन वार्ता सकियो । यो हेमन्त जी संगको झन्डै लामो समयमा भएको फोन वार्ता थियो।
जेठ २६ गते हामी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा भेट भयौन्, धेरै कुरा हुन पाएन हात मिलायौ केही प्रश्नको बारेमा छलफल गर्यौ । ताराखोलाका २५ जना निर्वाचिन र अन्य दलित र अल्पसंख्यक मध्ये सार्वजनिक सुनाईमा प्रश्न गर्ने मात्र एक जनप्रतिनिधि थिए ती व्यक्तिहुन हेमन्त घिमिरे । मैले यी सारा कुरा मेरा मानसपटलमा खेल्न थाले । फेरि अर्को कुरा खेल्यो उनकी श्रीमती रमा भट्टराईसंग विएड तेस्रो बर्षमा २ बर्ष अगाडि धौलागिरि बहुमुखी क्याम्पसमा हामी संगै अध्ययनरत थियौ । हामीले सगै प्राक्टिकल अध्यापन विद्या मन्दिर मा वि मा पढाएका थियौ । त्यस पछि उहाँ काँक्राखोर प्राविमा पढाउन आउनु भएको थियो । त्यसपछि रमाको बारेमा हेमन्त जीले मलाई सोधबुझ गर्थे । अन्तत हेमन्त र रमा विच छोटो प्रेम सम्बन्ध पछि विवाह भएको थियो । विवाह पछि उनी दुई बिचको नयाँ सन्तानको जन्म भएको छ । यी सबै कुराहरु सम्झी ल्याउँदा आँखाबाट आँशुको बलेनी झर्न थाल्यो । मैने मन थाम्न सकिन ।
अहिले हरेकका फेसबुकमा यो दुखद घटनाको बारेमा देखेको छु । हेमन्त जीले सानातिना विकासका कार्यक्रम देखि ब्लबका कार्यक्रमसम्म हामीबीच सल्लाह कुन्थ्यो । गाउँपालिकाको जनप्रतिनिधि उम्मेदवार हुनुपूर्व पनि त्यस विषयमा कुराकानी हुन्थ्यो । अहिले पनि गाउपालिकाको अन्य जनप्रतिनिधि भन्दा हेम्न्संग हरेक कुराकानी हुन्थ्यो । उनीमा एउटा उ्च्च विचार थियो अब गाउपालिकामा जनप्रतिनिधि हुन शैक्षिक स्तर निर्धारण गर्नु पर्छ यो आगामि चुनावमा ताराखोलाबाटै सुरुवाट गर्नु पर्छ भन्ने । यस्तो युवा जोस जागरिलो संभावनाका नेता हामीले गुमायौ ।
यसरी ताराखोला गाउपालिका अर्गलमा फर फारकको लागि आउदैगर्दा जेठ ३१ गते अपरान्हमा भातखाने डाँडाभन्दा तल हिल साईटमा जिप दुर्घटना भई हेमन्त घिमिरे र शिक्षक ग १ ज ६०३४ नम्बरको पिकजिप दुर्टनामा २ जनकको मृत्युहुनेमा हेमन्त घिमिरे र हरिराम गिरिको घटना स्थलमै मृत्यु र २ जना कर्णबहादुर भण्डारी र चालक डम्बर घिमिरे गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यलयले जानकारी दियो । घाइतेको उपचारको लागि हेलिकप्टरबाट काठमाडौ लगिएको छ । यस दुखद घटनाले शोकाकुल परिवारमा धैर्य धारणा शक्ति देउन् ।
ताराखोला
२०७५ जेठ ३१ ।