Sorry, that menu does not exist.
 

तमानको धन गौ ज्योति मा.वि. मा कार्यरत नेपाली बिषयका शिक्षकलाई बिदाई !

बसन्त घर्ती मगर, तमान २०७५ असार १, । तमानखोला गाउँपालिका वडा नं ३, तमानमा रहेको धन गौ ज्योति मा।वि। तमानखोला गाउँपालिका ३, तमानमा विगत सा९े २ बर्ष देखि कार्यरत नेपाली बिषयका स्थायी शिक्षक प्रेम बहादुर वि। क। लाई एक औपचारिक कार्यक्रम बिच बिदाई गरिएको छ ।

बिदाई भएर जाने शिक्षक वि।क। ले विद्यालयलाई छोडेर गरपनि शैक्षिक सुधारका निम्ति आफुले बिद्यालयलाई गर्न सक्ने सहयोग जहाँ भएपनि गर्ने कुरा बताउदै बिद्यालयको सिकाई उपल्ब्धिलाई अझ सुधार गर्नका लाई शिक्षक र अभिभावक बिचको सम्बन्धमा अझै सुधार हुनुपर्ने कुरामा पनि जोड दिएका थिए ।

भौगोलिक कठिनाईका कारणले आफु सरुवा भइ जान लागेको र विद्यालयमा सुरुमा आउदा सोचेको जस्तो सबै गर्न नसकेपनी आफुले सकेको गरेको बताउदै यहाँका विद्यार्थी भाइबहिनीहरुको उज्वल भविस्यको कामना व्यक्त गरेका थिए । उनीसरुवा भएर जान लागेको विद्यालय किसान मा।वि। राजापुर न। पा ५ बदलापुर, बर्दिया हो ।

सोहि कार्यक्रममा बोल्दै प्रमुख अथिती गिर बहादुर घर्तिले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्नका वडाकार्यालयले एक्लै सबैकुरा हेर्न र सुधार गर्न नसक्ने हुदा सम्पुर्ण सरोकारवाला, अभिभावक, शिक्षक र विद्यार्थी बिचको चकृय सम्बन्ध सुमधुर हुनुपर्ने र सबैले आ आफ्नो कर्तव्यबोध गरि जिम्मेवारी वहन गरेमा पनि शैक्षिक क्षेत्रमा देखिने सुधार र परिवर्तनको महसुस गर्न सकिने कुरा बताए ।

सो विदाई कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमलाल बुढा, प्रमुख आतिथ्यता तमानखोला गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष गिर बहादुर घर्ती मगर, स्वागत मन्तव्य शिक्षक दामोदर सापकोटाले गरेका थिए भने विद्यालयका प्र। अ। मनबहादुर बुदाथोकी, शिक्षक तेजेन्द्र घर्ती मगर र विद्यार्थिको तर्फ बाट खिममाया घर्तिले मन्तव्य राखेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply