Sorry, that menu does not exist.
 

प्रगतिशील कविता प्रतियोगितामा शिक्षकहरुवीच घम्साघम्सी, वाईपी जोशी भए प्रथम !

निर्मल पौडेल, पर्वत २०७५ असार ३ । शिक्षकहरुको विचमा शनिवार कुस्मामा गरिएको प्रगतिशील कविता प्रतियोगितामा कालीगण्डकी आवासीय मावि कुस्माका शिक्षक वार्इपी जोशी प्रथम भएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतको आयोजना र प्रगतीशील लेखक संघ पर्वतको संयोजनमा शिक्षकहरुलार्इ लक्षित गरि आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २८ जना शिक्षकहरुलाई पछि पार्दै जोशी प्रथम भएका हुन् ।

प्रतियोगितामा नारायाण मावि कुस्माका शिक्षक गोविन्द ढकाल व्दितिय, नवजागृत मावि तिलाहारका शिक्षक दिनेश शर्मा पौडेल तृतीय, अन्नपूर्ण मावि कार्किनेटाका शिक्षक राजु विक सान्तवना भएका छन् ।

त्यस्तै जनता प्राविकी शिक्षिका गीता अधिकारीले उत्कृष्ठ कविता बाचनका रुपमा पुरस्कार हात पार्न सफल भएकी छन् ।

कार्यक्रममा प्रथम हुनेले ६ हजार, व्दितियले ४ हजार, तृतीयले ३ हजार र सान्तवना र उत्कृष्ठ कविता बाचन गर्नेले जनही दुइदुइ हजार नगद सहित प्रमाणपत्र पाएका छन् ।

कार्यक्रममा वोल्दै नेकपा पर्वतका अध्यक्ष भक्त कुवँरले यहाँका शिक्षकहरुका कविता कुनै राष्ट्रिय स्तरका कविका भन्दा कम नभएको वताउँदै यस्ता ओझेलका सिर्जनाहरुलाई एकिकृत गरि प्रकाशनमा ल्याउनुपर्ने बताए । कुँवरले साहित्यनै युग परिवर्तनको सम्वाहक भएको औँलाए।

त्यस्तै नेकपा उपसचिव गोविन्द पहाडीले शिक्षकहरुको विचमा गरिएको प्रतियोगिता नौलो भएको भन्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। प्रगतिशील कविताहरुको घम्साघम्सी भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सदस्य शारदा कुमारी शर्मा, कुनपा ६ वडाध्यक्ष रुद्र गिरी, कुनपा ७ का अध्यक्ष सुवास चन्द्र पौडेल, कुनपा १० अध्यक्ष सुजन वि।क, कुनपा ११ का अध्यक्ष शिव पौडेल, कुनपा १२ का अध्यक्ष राजेन्द्र पौडेल, मोदी गाउंपालिका ६ का अध्यक्ष विमल लामिछाने,मोदी ३ का अध्यक्ष विकास तिमिल्सिना, अखिल नेपाल शिक्षक संगठन पर्वतका प्रमुख दिवाकर अधिकारी, अखिल नेपाल शिक्षक संघका भुमिराज शर्मा, वुद्धिजीवी परिषदका अध्यक्ष विष्णु रिजाल, पिपलटारी श्रोत केन्द्रका श्रोत व्यक्ति रामप्रसाद लामिछाने नवजागृत मावि मोदीका श्रोत व्यक्ति कृष्ण पौडेल,नमुना आवसिय माविका याम प्रसाद शर्मा, सहिद स्मारक माविका केशव राज पुरी,नेपाल राष्ट्रिय वुद्दिजिवी संगठन पर्वतका अध्यक्ष जगदिश शर्मा पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका पुर्व अध्यक्ष भक्त कार्की लगाएतले वोलेका थिए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका अध्यक्ष चिरञ्जिवी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रगतिशील लेखक संघ पर्वतका अध्यक्ष अर्जुन पौडेल निर्जनको रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रलेस पर्वतका सचिव किशोर मनस्वीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply